काठमाडौं
१९-फागुन / सरकार र नेत्र विक्रम चन्द नेतृत्व ‘विप्लव’ समूहबीच औपचारिक रुपमा वार्ता जारी रहेकोे छ । प्रधानमन्त्री निवास बालुवाटारमा उच्च सुरक्षा सतर्कतासहित अहिले वार्ता भइरहेको स्रोतले जनाएको छ । गृहमन्त्री रामबहादुर थापा बादलको नेतृत्वमा सरकारी वार्ता टोली र खड्कबहादुर विश्वकर्माको नेतृत्वमा विप्लव समूहको वार्ता समिति गठन भएको छ ।


                                                                                 ADVERTISEMENT

 


दुवै समूह अहिले बालुवाटारमा छलफलमा रहेका छन् । विप्लव समूहले वार्ताका लागि आफूहरुमाथि लगाइएको प्रतिबन्ध फुकुवा गर्नु पर्ने सर्त अघि सारेको छ भने पक्राउ परेका नेता-कार्यकर्ताको रिहाइ र उनीहरु माथि लगाइएको मुद्दा फिर्ता गर्नु पर्ने माग राखेको छ । यो समूहले संसदीय व्यवस्थाको विकल्प र संकट समाधानको दिशामा अघि बढ्न सबै राजनीतिक शक्तिको राजनीतिक समीक्षा सभा र वैकल्पिक संयुक्त सरकार बनाउने एजेण्डा बोकेको छ ।

यस्तै वैज्ञानिक समाजवाद कि संसदीय व्यवस्था भन्नेमा जनमतसङ्ग्रह गर्नु पर्ने विप्लव समूहको माग छ । विप्लव समूह विभिन्न आपराधिक गतिविधिमा संलग्न भएको भन्दै सरकारले २०७५ सालको फागुन २८ गतेदेखि विप्लव समूहमाथि प्रतिबन्ध लगाएको थियो ।

प्रतिकृया

प्रतिकृया