दिप्तीशिखा चौधरी,दंगीशरण
१९ फागुन/ दंगीशरण ७ बोकटिका मेघबहादुर हमाल विगत २० बर्षदेखि माहुरी पालन गरिरहेका छन् । दुइचार वटा घारबाट ब्यवसायीक रुपमा नै फस्टाउन सकेका हमाल अहिले माहुरी पालक कृषकको रुपमा परिचित भईसकेका छन् । ‘बीचमा यो पेसा नगरौँ कि जस्तो लाग्यो पछि फेरी लगनशिल भएर गर्दा केहि हुन्छ भन्ने लाग्यो अहिले ब्यवसायीक रुपमै काम अगाडि बढिरहेको छ ।’ हमालले अनुभव सुनाए ।


                                                                                 ADVERTISEMENT

 


दुइचारवटा घारबाट माहुरी पालन ब्यवसायलाई बढाउँदै अगाडि बढाएका हमाल अहिले दुई जना कर्मचारी राखेर ब्यवसायलाई अगाडि बढाईरहेका छन् ।
हमालको माहुरी पालनमा अहिले दुइजना स्थानीय रोजगार पाएका छन् । ‘गरे के हँुदैन र, गर्न सके नेपालमै कमाई छ बाहिर जानुपर्दैन’ हमालले भने ।

भाग्यलक्ष्मी माहुरी पालन नामबाट परीचित भइसकेको ब्यवसाय अहिले फस्टाउँदो छ । घरमै ब्यवसाय गरेका हमाल महको माग अत्यधिक रहेका बताए । गाउँघर संगसगैं बाहिरी जिल्लामा समेत पठाउँने गरेको बताउँदै बार्षिक रुपमा १० लाख आम्दानी हुने गरेको बताए ।

अहिले १ सय घार रहेको बताउने हमालले माहुरीले आफुलाई पालिरहेको र माहुरी पालनबाट आफू सन्तुष्ट रहेको बताए । ‘म तालिम लिएर ब्यवसाय गरेको होइन, मलाई आज प्रशिक्षक हुन मौरीले सिकाएको हो, फर्म दर्ता नगरी ब्यवसाय थालेको हु, र पश्चिम क्षेत्रमा मौरी पालक कोहि नभएको समयमा यो क्षेत्रलाई मौरीमय बनाउने उद्देश्यले लागि परे ।’ हमालले अनुभव सुनाए । ‘अहिले जीवन धान्न सक्ने भएको छु ।’ उनी सन्तुष्टको सास फेरे ।

कृषकलाई माहुरी पालनसम्बन्धि स्थलगत तालिम, आर्थिक पाटोलाई बढाउँन अध्यक्ष चौधरीको आग्रह यसैबीच दंगीशरण गाउँपालिका कृषि शाखाले हमाल कै निवासमा माहुरी पालक कृषकहरुलाई दुइदिने स्थलगत तालिमको आयोजना गरेको छ ।

दुइदिने तालीममा माहुरी पाल्ने तरीका, हेरचाहलगायतका बिषयमा प्रशिक्षण दिईएको थियो । सो अवसरमा दंगीशरण गाउँपालिकाका अध्यक्ष एंव कार्यक्रमका प्रमुख अतिथि भागिराम चौधरीले दंगीशरणमा नागरीकहरुको स्तरउन्नती बढाउनका लागि आर्थीक रुपमा बलीयो पार्नका निमीक्त दंगीशरणले बजेटको ब्यवस्थापन गरिसकेको र आगामि दिनमा पनि त्यो कुरालाई निरन्तरता दिने बताउँनु भयो ।

कृषि शाखालाई कार्यालयमा नभई किसानहरुको ठाउँमै गएर कार्यक्रम गर्न निर्देशन दिईसकेको जानकारी दिए । ‘विकासका कामहरु हुन्छन्, हामी गर्दैछौँ अब तपाईहरु आफ्नौ आर्थिक पाटो बढाउँनतर्फ लाग्नुस्’ अध्यक्ष चौधरीले भने । कार्यक्रममा दंगीशरण २, ३, ५ , ७ नं वडाका १२ जना माहुरी पालक कृषक र गर्न चाहने कृषकहरुको सहभागीता रहेको थियो ।

कृषि शाखा प्रमुख सरु भुषालको अध्यक्षता एंव गाउँपालिका अध्यक्ष भागीराम चौधरीको प्रमुख आथित्यतामा तालीमको उद्घाटन गरिएको हो । लता घिमीरेको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण कृषि शाखाका योगमाया कँवरले गरेकी थिइन् । तालीम पश्चात कृषकहरुलाई मौरीको घार वितरण गरिएको थियो ।

प्रतिकृया

प्रतिकृया