रोल्पा
२१-फागुन / रोल्पा प्रहरीले पाचँ किलो सय ग्राम लागुऔषध अफिम सहित दुई जनालाई पक्राउ गरेको छ । बिहिबार अन्दाजी दिउँसो ११ बजेको समयमा रोल्पा थवाङ गाउँपालिका वडा नं. ३ मिरुल सेमसारस्थित रामधन बुढाको घरबाट अवैध लागु औषध (अफिम)को ओसारपसार तथा कारोबार भैरहेको गोप्य सूचनाको आधारमा प्रहरी निरिक्षक सन्तोष कुमार केसीको कमाण्डमा खटिएको प्रहरी टोलीले बरामद गरेको हो ।


                                                                                 ADVERTISEMENT

 


रोल्पाका प्रहरी प्रवक्ता तथा प्रहरी निरिक्षक सन्तोष कुमार केसीका अनुसार थवाङ गाउँपालिका वडा नं. ३ मिरुल सेमसार निवासी ३८ वर्षिय रामधन बुढा र परिवर्तन गाउँपालिका वडा नं. ३ कुरेली दालिम निवासी ३६ वर्षिय सकुलाल घर्तिमगरलाई पक्राउ गरेको छ । साथै उनीहरुलाई पक्राउ गरी लागु औषध नियन्त्रण ऐन २०३३ अन्र्तगत आवश्यक अनुसन्धान कार्य भई रहेको प्रहरीले बताएको छ ।

प्रतिकृया

प्रतिकृया