रोल्पा
२३-फागुन / रोल्पामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । रोल्पाको रून्टीगढी गाउँपालिका वडा नं ६ गातिनामा गएराति ना ७ त ६४०० नं को ट्याक्टर दुर्घटना हुँदा गातिनाका ३१ वर्षीय खगेन्द्र रानाको मृत्यु भएको इलाका प्रहरी कार्यालय होलेरीका प्रहरी निरीक्षक शंकर खड्काले बताए ।


                                                                                 ADVERTISEMENT

 


ट्याक्टरले च्यापिएर रानाको घटनास्थलमै मृत्यु भएको हो । ट्याक्टर चालक रोल्पाको मिरुल घर भई हाल दाङ देउखुरीको सिसहनियाँ बस्ने बलप्रसाद बुढामगरलाई इलाका प्रहरी कार्यालय होलेरीले नियन्त्रणमा लिएको छ ।

प्रतिकृया

प्रतिकृया