तुलसीपुर
२३ फागुन/ पूर्वमन्त्री तथा नेपाली काँग्रेसका केन्द्रीय सदस्य दीपक गिरीका वुवा लोकमणी गिरीको आईतबार अन्तिम दाहसंस्कार गरिएको छ । स्वर्गीय गिरीको आइतवारनै दंगिशरण गाउँपालिका वडा नं. ४ सुकदेवास्थित पुर्खेउली गाउँमा जातिय परम्परा अनुसार दाहसंस्कार गरिएको छ ।


                                                                                 ADVERTISEMENT

 


दाहसंस्कार अघि नेपाली काँग्रेसका महामन्त्री डा. शशांक कोईरालाले स्वर्गिय लोकमणि गिरीको पार्थिव शरिमा पार्टीको झण्डा ओढाएका थिए । क्षेत्रीय पार्टी कार्यालयमा तुलसीपुरमा पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली व्यक्त गरेका हुन् ।

त्यस अवसरमा स्व.गिरीले बीपीबाट प्रभावित भएर राष्ट्रियसभा सदस्य भएर संसद भित्रै बहुदलको समर्थन गरेको महामन्त्री कोइरालाले बताए ।

गिरीका छोरा दीपक र ज्वाला किरिया बसेका छन् । काजक्रियाको काम भने तुलसीपुरस्थित घरमै भएको छ । गिरीका कान्छा छोरा ज्योति अमेरिकामा छन् ।

प्रतिकृया

प्रतिकृया