आजको राशिफल
आजको राशिफल
आज मिति२०७७/१२/०२ गते सोमबारतदनुसार १५ मार्च २०२१,फाल्गुन शुक्ल पक्ष द्वितीयातिथि वेलुका १७ . ४९ वजे सम्म । आजको नक्षत्र रेवती राति २७ .५३ वजेसम्म।

messमेष (चु,चे,चो,ला,लि,लु,ले,लो,अ)
मानसिक तथा शारीरिक समस्याले सताउने छ । धनक्षय हुने दिन रहेको छ । बहुमुल्य सामान हराउन सक्नेछ । काममा बाधा व्यवधन आउने छ । कुरा काट्नेहरु प्रसस्त भेटिनाले अपयश मात्र हात लाग्ने छ । अध्ययनमा मन जानेछैन । अनावश्यक यात्राहरु हुनेछन् । व्यवसायमा घाटा होला ।

brissवृष (ई,उ,ए,ओ,वा,वि,वु,वे,वो)
 आर्थिक उन्नति प्रगतिहुने दिन रहेको छ । पराक्रम बढने तथा काममा सफलता मिल्नाले मन प्रसन्न रहनेछ । इष्टमित्रसंग भेटघाट हुनेछ । यात्रा तथा धनलाभहुने दिन रहेको छ । व्यवसायबाट फाइदा हुने दिनछ । आफन्तबाट प्रसस्तमात्रमा सहयोग प्राप्त हुनेछ । अध्ययनको क्षेत्र सफल रहनेछ ।

mithunमिथुन (क,कि,कु,घ,ङ,छ,के,को,ह)
आज कुनै नयाँ कामको थालनि हुनेछ । आज ऐश्वर्य प्राप्त हुनेछ । मनले चिताएको काममा सफलता मिल्ने योग छ,इष्ट सिद्धि हुनेछ । रोकिएका कामहरु पुराहुनेछन् । तिव्रतापूर्वक काम गर्दा वेस हुनेछ । कर्मको फल प्राप्त हुनेछ । विद्यार्थी तथा व्यापारीहरुका लागि आजको दिन विशेष फलदायी रहनेछ ।

karkatकर्कट (हि,हु,हे,हो,ठा,डि,डु,डे,डो)
परिवार तथा सन्तानबाट असहयोग प्राप्त हुनेछ । अध्ययनमा रुचि वढने छ । व्यापार व्यवसायमा राम्रो फाइदाहुने दिन रहेकोछैन । सरकारी काममा झमेला हुनेछ । रोजगारी तथा व्यवसायबाट फाइदा हुनेछैन । पेटमा वायुविकार जन्य समस्या आउनेछ । खानपानमा विशेष सतर्कता अपनाउनु होला ।

simhaसिंह (मा,मि,मु,मे,मो,टा,टि,टु,टे)
स्वास्थ्य सम्वन्धी समस्याले सताउनेछ । वादविवाद तथा झगडा हुन सक्ने छ । मन साह्रै चिन्तित रहला । आज खर्चमा वृद्धि हुनेछ । वादविवाद हुन सक्नेछ सतर्क रहनु होला । जिवजन्तुको भए रहनेछ । अध्ययन तथा वैतनिक मार्ग फलदायी रहने छैन । आज नयाँ कामको थालनि नगरेकै राम्रो हुनेछ ।

kanyaकन्या (टो,प,पी,पू,ष,ण,ठ,पे,पो)
धनलाभ हुने दिन छ । यात्रा तथा सवारीसाधनबाट फाईदा हुनेछ । मीठो कुरा खानपाईने दिन रहेको छ । मित्रबाट पूर्ण सहयोग मिल्नेछ । परिवारबाट सहयोग मिल्ने छ । व्यवसायबाट प्रसस्त आमदानी हुने दिन रहेको छ । मान प्रतिष्ठा बढ्ने योग छ । पढाइमा सफलता मिल्ने दिन रहेको छ ।

tula-rasiतुला (रा,री,रु,रे,रो,ता,ती,तु,ते)
व्यवसायबाट फाईदा हुनेछ । स्वास्थ्यले साथ दिनेछ । श्रीवृद्धि तथा यश प्राप्त हुनेछ । शत्रु सरास्त हुनेछन् । विपरीत लिङ्गसंगको कुराकानिले मन साह्रै प्रसन्न हुनेछ । मनले चिताएको काम पुरा हुनेछ । प्रेममा सफल हुने दिनछ । विद्यार्थीका लागि अध्ययन क्षेत्र फलदायी रहेका छन् ।

Vrischikवृश्चिक (तो,ना,नि,नु,ने,नो,या,यि,ये)
 धनक्षय(अपव्यय) हुनेछ मेहनतसाथ गरेको काम सफल हुनेछैन । यात्रा अर्थपूर्ण नहोला । मन अशान्त रहनेछ । धन तथा सामान हराउन सक्नेछ सजगता अपनाउनु होला । व्यापार व्यवसायबाट त्यति आम्दानीहुने छैन । विद्यार्थीहरुका लागि आजको दिन त्यति फलदायी हुने छैन ।

dhanuधनु (य,यो,भा,भी,भू,ध,फा,ढ,भे)
परिवारका सदस्यहरु संग मतभेद हुन सक्ने योग छ । मन साह्रै चञ्चल हुनेछ । पेट सम्वन्धी समस्या आउने छ । अनावश्यक खर्चमा वृद्धि हुने छ । आज नयाँकामको थालनि नगरेको राम्रो काम विग्रनेछ । मन अस्थिर रहनेछ । काममा सफलता मिल्ने छैन । अध्ययन तथा वैतनिक क्षेत्र अशुभ रहने छ ।

makarमकर (भो,जा,जी,जू,जे,जो,ख,खि,खु,खे,गा,गी)
धन आर्जनगर्ने अवसर मिल्नेछ । शत्रु परास्त हुनाले मन प्रशन्न हुनेछ । मित्रहरुको साथ र सहयोग प्राप्त हुने छ । प्रेममा सफल हुने योगछ । उपहार प्राप्त हुनेछ । आजको दिन सुखद् तथा प्रेमिलरुपमा व्यतित हुनेछ । विद्यार्थी भाइबहिनीहरुका लागि आजको दिन राम्रो रहेको छ ।

kumvaकुम्भ (गु,गे,गो,सा,सी,सु,से,सो,द)
शरीरमा समस्या आउन सक्नेछ । मनमा असन्तोष बढने छ । स्वास्थ्य सम्बन्धि समस्या देखिनेछ । अनावश्यकरुपमा धनक्षय हुनेछ । आज कटुवचनको प्रयोग नगर्नु होला । अनावश्यकरुपमा विवाद उत्पन्न हुन सक्नेछ । आँखाको समस्याले सताउने छ । खानपानमा ख्याल गर्नुहोला ।

minमीन (दी,दू,थ,ज,ञ,दे,दो,चा,ची)
स्वास्थ्य राम्रो रहने छ । मनमा सुखको अनुभुति हुनेछ । सभा तथा समारोहमा सहभागि हुने अवसर मिल्नेछ । पारिवारीक सुख प्राप्त हुने छ । स्वादिष्ट भोजन तथा उपहार प्राप्तहुने योग रहेकोछ ।. अन्नलाभ हुनेछ । विद्यार्थीहरुको अध्ययनको क्षेत्र राम्रो रहनेछ । व्यवसायवाट प्रसस्त आम्दानी होला ।

                    कपिलदेव सुवेदी
उप–प्रा. नेपालसंस्कृत विश्वविद्यालय
सिद्धान्त ज्यौतिषाचार्य,वास्तु तथा फलितविद्
ज्यौतिष परामर्श केन्द्र
वेष्टर्न डेभलोपमेन्ट बैक संग सटेको घरमा
बिजौरी,दाङ
भेटने समय :– विहान ०६–०९ः३०,दिवा ०२–०६
९८४७८२२७११,९८४७८३३६२३

प्रतिकृया

प्रतिकृया