रुकुम,
७-चैत/ रुकुम पश्चिम चौरजहारी नगरपालिकाका सबै बिद्यालयहरु आगामी आर्थिक भित्र टिनको छाना मुक्त हुने भएका छन् । नगरपालिकाको निति तथा कार्यक्रम अनुसार आर्थिक बर्ष २०७८/०७९ सम्म सबै बिद्यालय टिनको छानामुक्त हुनेछन् ।


                                                                                 ADVERTISEMENT

 


शिक्षा क्षेत्रमा प्रभावकारी काम गरेको नगरपालिकाले टिनको छाना मुक्त बिद्यालय बनाउने नीति तथा कार्यक्रम बनाएको थियो । सोही नीति अनुसार अहिले बिद्यालयका भवनहरु निर्माण भइरहेका छन् । नगरपालिकामा ४० वटा सामुदायिक बिद्यालय छन् भने अहिले १८ वटा बिद्यालयमा पक्की भवन निर्माण भइरहेका छन् ।

केही बिद्यालयमा भने यो भन्दा पहिले नै पक्की भवन निर्माण भइसकेका छन् । नगर प्रमुख बिशाल शर्माका अनुसार जनकल्याण मावि जोगिनेटा , आधारभुत बिद्यालय नाख्ला , माध्यमिक बिद्यालय खाँगल , मावि खहरे , आधारभुत बिद्यालय नाखिरा , आधारभुत बिद्यालय कालापाथर , आधारभुत बिद्यालय स्यालखोला , हिमालय मावि खोलागाउँ , जनकल्याण मावि सानाखोला , आधारभुत बिद्यालय घर्तिकाँडा , आधारभुत बिद्यालय जुम्लीपोखरी , आधारभुत बिद्यालय लामिछानेगाउँ , लगायतका बिद्यालयमा पक्की भवन निर्माण भइरहेका छन् बाँकी बिद्यालयमा आगामि आर्थिक बर्षसम्म पक्की भवन निर्माण हुनेछन् ।

उनले भने बिद्यालयमा पक्की भवन निर्माण भएसँगै टिनको छाना भएको भवन पनि सँगसँगै भत्काइदैछ , अर्को बर्षसम्म सबै बिद्यालय टिनको छानामुक्त भइसक्नेछन । हामी सरकारबाट बाहिरीदै गर्दा तपाईं कुनै बिद्यालय टिनको छना भएको देख्नुहुने छैन् नगर प्रमुख शर्माले भने यसको लागि स्थानीय सरकार , प्रदेश सरकार र संघिय सरकारको बजेट हामीले प्रयोग गरिरहेका छौँ ।

बिद्यार्थीको भविष्य राम्रो वातावरणमा सिक्न नपाए उज्ज्वल बन्न सक्दैन टिनको छाना भएको बिद्यालयमा कसरी सिक्न सक्छन् उनी भन्छन् टिनको छाना भएको बिद्यालयमा हावापानी आउँदा पढ्न सक्ने वातावरण नै हुदैन त्यसैले हामीले ठुलो मात्रको बजेट शिक्षा क्षेत्रमा खर्चिरहेका छौँ यसले शिक्षामा आमुल परिवर्तन गर्नेछ ।

जनकल्याण माध्यामिक बिद्यालय सानाखोलाका प्रधानाध्यापक झुपालाल शर्माका अनुसार टिनको छाना भएको बिद्यालयमा सिकेभन्दा पक्कि भवनमा सिक्नु धेरै प्रभावकारी हुन्छ । टिनको छाना भएको बिद्यालयमा हावा लाग्दा पानी पर्दा पढाउन सक्ने वातावरण हुदैन अब पक्कि भवन बनेपछि त्यो समस्या सदाको लागि अन्त्य हुनेछ प्रधानाध्यापक शर्मा भने हाम्रो बिद्यालय यो आर्थिक बर्षमा नै टिनको छानामुक्त भइसक्ने छ जसको लागि अहिले पक्की भवन बनिरहेको छ ।

प्रतिकृया

प्रतिकृया