नोखिराम थापा, सल्यान
१७-चैत /   सल्यानका ५८ प्रतिशत नागरिक मात्र स्वच्छ खानेपानीको पहुँचमा रहेका छन् । पहाडी ईलाका र सुख्खा डाँडापाखा भएका कारण पानीको मुहान सुक्दै जानु र डाँडापाखाका बस्तिमा खानेपानी पु-याउन कठिन भएकै कारण ५८ प्रतिशत नागरिक स्वच्छ खानेपानीको पहुँचमा रहेका छन् ।


                                                                                 ADVERTISEMENT

 


बाँकी ४२ प्रतिशत नागरिक खानेपानीको आशिंक पहुँचमा रहेका छन । ४८ प्रतिशत भित्र पनि १५ हजार नागरिक पूर्ण रुपमा खानेपानीबाट बञ्चित भएको खानेपानी, सिंचाई तथा उर्जा विकास कार्यालय सल्यानले जनाएको छ । छरिएर रहेका बस्तीमा खानेपानिको स्रोत नभएकाले बिकल्पको रुपमा अहिले धमाधम लिफ्ट प्रविधि मार्फत खानेपानी पु-याउन पहल भई रहेको कार्यालय प्रमुख पदमराज देवकोटाको भनाई छ ।

२०६८ सालको जनगणना अनुसार सल्यानमा करिब २ लाख ४४ हजार जनसंख्या मध्ये ५८ प्रतिशत नागरिकले मात्र स्वच्छ खानेपानी प्राप्त गरेका छन । खानेपानी व्यवस्थापन गर्न बजेट कम भएकाले कतिपय आयोजना समयमै सम्पन्न हुन नसक्दा पनि नागरिकको पहुँचमा खानेपानी पु-याउन कठिन भएको उनले बताए । यसबर्ष जिल्लामा ४२ वटा खानेपानीका योजना मध्य ७ वटा योजना सम्पन्न भई सकेका छन् । बाँकी ३५ वटा योजना निर्माणाधिन अवस्थामा रहेको र २६ वटा योजना लिफ्ट प्रविधिबाट संचालन गरिरहेको बताए ।

सल्यान जिल्ला बिशेष गरी सुख्खा ग्रस्त क्षेत्र भएको र पानीका मुहानहरु पनि पर्याप्त मात्रामा नभएका कारण जिल्लाका नागरिकले कष्टकर जिवन बिताउन बाध्य रहेको जिल्ला समन्वय समिति सल्यानका प्रमुख केश बहादुर बिष्टले बताए । स्वच्छ पिउने पानी नागरिकको स्वास्थ्य सँग जोडिएको भए पनि स्थानिय तहले भने खानेपानीका योजनाहरुमा खासै ध्यान नदिएको उनको भनाई छ । स्थानिय तह र प्रदेश तथा संघिय सरकार सँग तालमेल नमिल्दा पनि खानेपानीका योजनाहरुमा काम हुन नसकेको प्रमुख बिष्टले बताए ।

प्रतिकृया

प्रतिकृया