प्रिया स्मृती गजमेर,लमही
२० चैत/ जिल्ला स्वास्थ्य कार्यालय दाङले हात्तिपाइले विरुद्धको औषधि पठाउनु पर्नेमा ट्राहेक्सीफेनाइडेल हाइड्रोक्लोराइड ट्याब्लेट नामक औषधि दाङको राजपुर गाउँपालिकामा  पठाएको पाइएको छ ।


                                                                                 ADVERTISEMENT

 


आज शुक्रवार दाङ लगायत अन्य जिल्लामा हात्तिपाइले विरुद्धको औषधि खुवाईदै छ । तर औषधि फरक पर्न गएकाले दाङको राजपुर गाउँपालिकामा तोकिएको निर्धारित समय भन्दा एक दिन ढिला हुने भएको राजपुर गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख कमल रोकायले बताए । डाईईथाइल कार्बा माजिन नामक औषधि पठाउनु पर्नेमा जिल्ला स्वास्थ्य कार्यालय दाङले ट्राहेक्सी फेनाइडेल नामक औषधि पठाईएको छ ।

ट्राहेक्सी फेनाइडेल हाइड्रोक्लोराइड ट्याब्लेट नामक औषधि खासगरी पार्किन्सनका बिरामी  (बुढापाका मानिस)मा देखा पर्ने मांसपेशी कसिएर भएका बिरामीलाई, मांसपेशी जाम भएर बोल्न नसक्ने खालका बिरामीलाई दिने गरेको लमही अस्पतालका एक डाक्टरले बताए ।

हात्तिपाइलेको औषधि २-५ वर्ष सम्मकालाई १ चक्कि १०० एमजी, ६ देखि १४ वर्षका बालबालिकालाई २ चक्की २०० एमजी, १५ देखि माथिकालाई ३ चक्की ३०० एमजी खुवाउनु पर्छ। साथै जुकाको औषधि अल्बेण्डाजोल पनि खुवाउने गरिन्छ ।

हात्तिपाइले विरुद्धको औषधि भनेर दाङको राजपुर गाउँपालिकामा फरक औषधि पर्न गएको हो । हात्तिपाइले विरुद्धको औषधि पठाउनु पर्नेमा फरक औषधि परेकोले सुरक्षा निकाय मार्फत सबै तिर सुचना गरिसकेका छौं र ती औषधि फर्काउन राजपुर गाउँपालिकाको स्वास्थ्य शाखालाई जानकारी गराई सकेका छौं जिल्ला स्वास्थ्य कार्यालय दाङका प्रमुख अंगद बहादुर शाहीले भने । हात्तिपाइले विरुद्धको औषधि पठाउनु पर्नेमा फरक औषधि पर्न गएको कार्यालय प्रमुख शाहीले स्वीकार गरेका छन ।

हात्तिपाइले विरुद्धको औषधि सेवन गर्दा रोगका किटाणु भएका मानिसलाई सामान्य लक्षण देखा पर्ने गरेको स्वास्थ्यकर्मीले बताउछ, जस्का कारण प्रायः जसो मानिसले हात्तिपाइले औषधि सेवन गर्न मान्दैनन ।

सरकारले नेपाल बाटै हात्तिपाइले रोगलाई निर्मुल पार्ने गरि पटक पटक अभियान चलाउदै आएको छ तर यो अभियानमा सरकार पुर्णरुपमा सफल हुन सकेको छैन । हात्तिपाइले विरुद्धको औषधि सेवन गर्न प्रेरित गर्नु पर्ने ठाउँमा फरक औषधि पठाएर जनमानसलाई त्रसित पार्नु गैरजिम्मेवार कार्य हो ।

प्रतिकृया

प्रतिकृया