घोराही
२०-चैत / मसोटमा बिग्रिएको सडक मर्मतका लागि घोराही लमही सडकखण्ड ५ दिन बन्द हुने भएको छ । मसोटको विभिन्न ठाउँमा बिग्रएका मोडहरु मर्मत गर्नका लागि पर्सी चैत २२ गते देखी २६ गते सम्म घोराही लमही सडकखण्ड बन्द हुने भएको हो ।


                                                                                 ADVERTISEMENT

 


सडक डिभिजन कार्यालयले आजैदेखी काम थालेको र २२ देखी २६ गते सम्म सवारीका साधनहरु पूर्णरुपमा बन्द गरि सडक मर्मत गरिने प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले जानकारी दिए । आधा दर्जन मोडहरुको कालोपत्रे उप्कीएपछि अहिले सडक खाडल र धुलाम्य भएको छ । केही बर्ष पहिले पनि मसोटका मोडहरु मर्मत गरिएको थियो । उक्त सडकखण्ड बन्द भए पछि अब तुलसीपुर अमेलिया भएर गाडीहरु सञ्चालनमा आउने छन् ।

 

प्रतिकृया

प्रतिकृया