प्रिया स्मृती गजमेर, लमही
२०-चैत /  दाङको तुलसीपुरदेखि भालुवाङ तर्फ आउदै गरेको लु १ ख ९८६३ नम्बरको यात्रुबहाक बस ब्रेक फेल भएर दुर्घटना भएको प्रहरीले बताएको छ ।


                                                                                 ADVERTISEMENT

 


लमही –घोराही सडक खण्डको मुसोट नजिकै दुर्घटना हुँदा दुई जनाको घटनास्थल मै मृत्यु भएको छ,भने २८ जना घाइते भएका छन । शुक्रबार अपरान्ह करिब साढे ५ बजे तिर दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख गणेश चन्दका अनुसार ब्रेक फेल भएर बस पल्टिएको अनुमान गरिएको छ ।

गाडीमा सवारले पनि ब्रेक फेल भएर दुर्घटनामा परेको प्रतिक्रिया दिएका छन् । राजपुर गाउँपालिका वडा नम्बर ४ दुलहिया निवासी ४० वर्षिय फुलमाया घर्ती सोही गाडीमा सवार थिइन । उनका अनुसार बसले लमहीदेखि घोराही तिर जाँदै गरेको कारलाई ठक्कर दिएको थियो ।

कारलाई ठक्कर दिदै बस अघि कुद्यो र भित्तामा ठोक्किदै कोल्टो पर्यो । ड्राइभरले रोक्न प्रयास त् गरे तर बसले नियन्त्रण गुमाउदै मोडमा गएर बज्जारियो । उक्त दुर्घटनामा घर्ती भने सकुशल रहन सफल भएकी छन । बसले ठक्कर दिएको कारलाई भने क्षति भएको छैन ।

प्रतिकृया

प्रतिकृया