दाङमा सरकारी स्तरका दुई ठूला अस्पताल छन् । घोराहीमा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान छ, भने तुलसीपुरमा राप्ती प्रादेशिक अस्पताल छ । तर, यी दुबै अस्पतालमा आफ्नो एम्बुलेन्स छैन । निजि एम्बुलेन्सबाट विरामी ओसारपसार गर्नुपर्ने अवस्था छ । त्यसमा विरामीले महंगो शूल्क तिर्न बाध्य छन् । यी दुबै अस्पतालले विरामी रेफर गर्नुनै परेको हुन्छ । सामान्य दुर्घटना भएर आएका विरामीलाई नेपालगञ्ज रेफर गर्नुपर्ने अवस्था छ । अस्पतालमा प्रभावकारी सेवा पनि प्रदान गर्न नसकिएको र रेफर गर्न पनि आफ्नो एम्बुलेन्स नहुँदा त्यसको मार प्रत्येक्ष रुपमा बिरामीले खेप्नुपरेको छ ।

           


यी दुई अस्पतालका एम्बुलेन्स अहिले ग्यारेजमा थन्काईएको छ । एम्बुलेन्स विग्रिएको ५ बर्षभन्दा बढि भएको छ । तर, मर्मत गर्नतर्फ ध्यान गएको छैन । अहिले निजि एम्बुलेन्सले सेवा प्रदान गरिरहेकाले पनि त्यसमै सन्तुष्ट जनाउनु पर्ने अवस्था छ । गाउँ–गाउँमा सरकारी एम्बुलेन्सले सेवा प्रदान गरिरहेको अवस्थामा जिल्लाका बजार क्षेत्रका सरकारी एम्बुलेन्स यसरी थन्काउनु र नयाँ एम्बुलेन्स खरिद गर्न वा मर्मत गर्नतर्फ कुनै ध्यान नदिनुले जनस्वास्थ्यमा गम्भीर नभएको भन्ने बुझिन्छ । अस्पताल भएपछि एम्बुलेन्स अनिवार्यजस्तै पनि हो । आफू अनुकूल नहुने जस्तो अवस्था आएमा निजि एम्बुलेन्सले पनि सेवा नदिन सक्छन्, त्यस्तो बेला कसरी विरामीलाई ओसारपसार गर्ने भन्ने कुरा ध्यान दिनुपर्ने हो । तर, त्यसो हुन सकेको छैन । पटक–पटक नागरिकहरुबाट एम्बुलेन्स खरिदका लागि दवाव सिर्जना गर्दा पनि सुनुवाई नहुनु दुःखद् पक्ष हो । यस विषयमा अस्पताल प्रशासन तथा सम्बन्धित निकाय गम्भीर बन्नुपर्छ ।

अस्पताल संवेदनशील क्षेत्र हो । अस्पतालका हरेक सेवा प्रभावकारी र गुणस्तरीय हुनुपर्छ । अस्पतालको कमजोरीले नागरिकको जिउ, ज्यानमा क्षति हुने अवस्था आयो भने त्यो जस्तो दुर्भाग्य अरु हुन सक्दैन् । त्यसैले जनस्वास्थ्यमा प्रत्येक्ष जोडिने अस्पतालहरुको सेवा प्रभावकारी बनाउनतर्फ गम्भीर बन्नुपर्छ । एम्बुलेन्स भनेको विरामीको सहज स्वास्थ्य सेवासंग जोडिने विषय हो । सहज र सरल सेवाका लागि एम्बुलेन्स अनिवार्य जस्तै हो । त्यसैले सरकारी अस्पतालले एउटा एम्बुलेन्स विग्रिएमा नयाँ एम्बुलेन्स ल्याउन वा मर्मत गर्न बर्षौ कुर्नुपर्ने अवस्था आउनु हुँदैन । यसका लागि नीतिगत सुधार गर्नुपर्छ, भने पनि सम्बन्धित निकायमा झकझक्याउन तयार हुनुपर्छ ।

 

प्रतिकृया

प्रतिकृया