आजाद खड्का
परिचय
समाज विकासको प्रक्रियामा विकरित भएको एक आर्थिक राजनीतिक प्रणाली हो । राज्यसत्ता एउटै शब्द नभई दुई पदावली मिलेर बनेको शब्द हो । राज्य भनेको चार किल्ला भित्र निश्चित सीमा बाँकिएको क्षेत्र विशेष (जहाँ कसैको राज वा शासन कायम छ) लाई राज्य भनिन्छ । सत्ता भनेको शक्ति ९उयधभच० हो । यहि शक्तिको बलमा त्यस राज्यमा शासन चल्ने गर्छ । राज्यसत्ता भनेको एउटा वर्गको विचार, दर्शन, राजनीति धर्म, संस्कृतिमा आधारित संविधान कानुन अदालत सेना पुलिस, सरकार, जेलनेल, प्रशासन, शासन प्रणाली आदिको समुच्च रुप हो । यो शत्ताले ओगटेर बसेको भुगोल वा क्षेत्रलाई राज्य भनिन्छ । राज्य क्षेत्र वा भुगोलसँग सम्बन्धित छ भने सत्ता यसलाई टिकाउने तागत वा बल हो । राज्य सत्ता भनेको एउटा शक्तिशाली वर्गको राजनीतिक सत्ता कायम भएको निश्चित क्षेत्र हो भुगोल हो ।


                                                                                 ADVERTISEMENT

 


राज्यसत्ताको उत्पत्ति र विकास
करिब पाँच हजार वर्ष महिले राज्यसत्ताको व्यवस्थित विकास भएको पाईन्छ । आदिम साम्यवादको अन्तिम चरणमा नीति सम्पत्तिको सुरुवातसँगै राज्यको परिकल्पना भएको हो । सूरुमा कविलाहरुले आफ्नो समुहद्वारा लुटेर ल्याएको सम्पत्तिको रक्षा गर्दथे । क्रमशः त्यो सम्पत्ति रक्षाका लागि छुट्ट्र लडाकु टिमकारुपमा खडा गरियो । पछि गएर त्यो एक कुशल र सशक्त सेनाको रुपमा विकास भएको हो ।

व्यक्तिगत सम्पत्तिको सुरुवातसँगै शक्ति संघर्षको लागि मानिसहरुमा ठुला ठुला संघर्ष र युद्वहरु हुन थाले । जित्नेहरु शासक भए । पराजय हुनेहरु शासित दासमा परिणत भए । प्रारम्भिकमा राज्यसत्ताको नेतृत्व समाजका बलिया बांगाहरुले गरे । उसको शेषपछि उसैको छोराले शासन गर्ने परिपाटी देखा प¥यो । ऊ न मर्दै उसको छोरालाई उत्तराधिकारी घोषणा गर्ने चलनले सामन्ती राजतन्त्रात्मक शासन व्यवस्थाको जन्म भयो । दोस्रो प्रक्रिया सामन्तवादी राजतन्त्रात्मक राज्यसत्ताको उन्मुलन र समाजमा पूँजीवादी गणतन्त्रात्मक राज्यसत्ताको नेतृत्वको शेषपछि वा निश्चित अवधिपछि । जनता चुनिन र चुन्ने प्रचलन स्थापित भयो । यो प्रणालीको जन्मसँगै गणतन्त्रात्मक पूँजीवादी राज्य सत्ताको जन्म तथा विकास भयो । यहिबाट सामन्ती राजतन्त्रात्मक राज्यसत्ता र गणतन्त्रात्मक पूँजीवादी राज्यसत्ताको दुई स्वरुप देखा प¥यो ।

शासकहरुले दासहरुलाई नियन्त्रण गर्न निश्चित शर्त वा नीति निर्माण गरेर उनीहरुलाई आफ्नो नियन्त्रणमा राखे । कालान्तरमा त्यो शर्त नीति, विधि वा नियम संविधान, ऐन र कानुनकोरुपमा विकास भयो । दासहरुलाई विभिन्न क्षेत्रमा परिचालन गर्ने कामसँगै कामका विभिन्न शाखा वा प्रशासनिक संयन्त्रहरु सञ्चालनमा आए । प्रशासनिक निकायहरुमा काम गर्ने कर्मचारहरुको आवश्यकता बन्न गयो । त्यसरी समाज विकास हुँदै जाँदा जसले गल्ति गर्छ उसलाई दण्ड जरिवाना गर्नु पर्ने आवश्यकतासँगै त्यसका लागि छुट्टै टिम वा संयन्त्र पनि खडा गरियो । त्यहि टिम वा संयन्त्रको विकरित रुप वर्तमानको अदालत हो ।

दास मालिकहरुबाट दासमाथि असिमित शोषण हुन थाल्यो । दासहरुले आफुमाथि भएको शोषण र अत्याचारको विरोध गर्न सुरु गरे । दास मालिकहरुले उनीहरुमा मनोवैत्रानिक आक्रामण सुरु गरे । पूर्व जन्म, पुनर्जन्म, पाप, धर्म, स्वर्ग र नर्क जस्ता दास मालिकले दासहरुमाथि मनोवैज्ञानिकरुपमा आक्रमण गर्ने काल्पनिक हतियारको प्रयोग गर्न थाले । यसरी दासहरुको विद्रोह नियन्त्रण गर्ने कोशिससँगै समाजमा बहुदेवतावाद र एकेश्वरवादको जन्म भएको हो । दासहरुलाई नियन्त्रण गर्ने यही शिलशिलमा धर्म आचरण र नैतिकता जस्ता प्रणालीको विकास भयो । माथि उल्लेखित सबै प्रणालीको एक समग्र रुप नै वर्तमान आधुनिक राज्यसत्ता हो ।

समाजमा उत्पादन प्रणाली वा उत्पादन सम्वन्धमा विकाससँगै राज्यले पनि आफ्नो मेडेलको नयाँ नयाँ रुप धारण गर्दै आएको छ । सामान्य वर्ग विहीन समाजबाट सम्पत्तिको तेरो र मेरो गरेसँगै राज्यको उत्पत्ति भई अमानवीय र क्रुर शोषण र अत्याचारको सीमा नाघेको दास प्रथा उत्पादन पद्धति र प्रणालीको विकाससँगै दासहरुको विद्रोहलाई दबाउन नसकी दास मालिक समाजबाट राज्यले सामन्तवादी राज्यसत्तामा विकास भयो । सामन्ति समाजमा पनि शोषणको जरु ज्यूँ का त्यूँ रहेपछि किसानहरुले त्यहाँबाट पनि विद्रोह गरेर सामन्तवादको ठाउँमा पूँजीवादी व्यवस्था स्थापना गरियो । अहिले हामी पूँजीवादी अवस्थामै छौं र राज्य केही पहिलेभन्दा अघि बढेको देखिएता पनि सारतः पूँजीवादी राज्य सत्ता भनेको पूँजीपति वर्गको स्वार्थ सिद्ध र रक्षार्थ तल्लीन छ । यो राज्यसत्ताको जग पनि शोषक वर्गद्वारा शोषित वर्गमाथि शोषणमा आधारित राज्यसत्ता रहको छ । रक्सी उही रहने तर बोतल मात्र फेरिनुले कुनै अर्थ राख्दैन भने जस्तै राज्यसत्ताको नाम वा रुप फेरिने तर सारतः सर्वहारा वर्गमाथिको शोषण ज्यूँका त्यूँ रहने अझ शोषणको अवस्था व्यवस्थित हुने वाहेक अरु केही भएको छैन । त्यसकारण सारवस्तमै अन्तर आउने गरी समाजवादी राज्य व्यवस्था निर्माण हाम्रो अभियान हो ।

राज्यसत्ताको भूमिका र कार्य
वर्ग विभाजित समाजमा राज्यसत्ता पनि वर्गीय हुन्छ र जुन वर्गले राज्यसत्ताको नेतृत्व गर्छ । त्यही वर्गको स्वार्थसिद्ध हुने गरि राज्यसत्ताले भूमिका निर्वाह गर्दछ । दास समाजमा दास मालिक र दास वर्गमा विभाजित थियो । दास मालिकका हातमा राज्यसत्ता भएका कारण त्यतिबेलाको राज्यसत्ता दास विरोधी र दास मालिकहरुको पक्षमा उनीहरुका हित रक्षामा भूमिका निर्वाह गर्दथ्यो । सामन्ती समाजमा सामन्त जमिन्दार वर्ग सत्तामा हुने हुँदा त्यो राज्यसत्ताले सामन्त पूँजीपति वर्गको हितमा भूमिका निर्वाह गर्ने गर्दथ्यो । अहिले हामीले वकालत गर्ने समाजवादी राज्य व्यवस्थामा सर्वहारा वर्गको नेतृत्व हुने हुँदा त्यो राज्यसत्ताको चरित्र सर्वहारा वर्गीय हुने र सर्वहारा वर्गको हितानुकुल भूमिका निर्वाह गर्ने कुरा छदैंछ ।

जुनवर्गले सत्ताको नेतृत्व गर्छ त्यही वर्गको हित रक्षाका खातिर प्रतिरक्षामा लागि रहनु त्यो वर्गको दायित्व हुनछ । पूँजीवादमा पूँजीपति वर्गले राज्यसत्ताको नेतृत्व सम्हाल्ने भएको हुदा पूँजीपति वर्गको हितको प्रतिरक्षा गर्नु पनि स्वभाविक हुन जान्छ । पूँजीवादले वकालत गरेको प्रजातन्त्रबारे लेनिन भन्नुहुन्छ – ‘एक तुच्छ अल्पसंख्याको निम्ति प्रजातन्त्रवाद, धनीमानीहरको निम्ति प्रजातन्त्रवाद – यहि हो पूँजीवादी समाजको प्रजातन्त्रवाद ।’ यो पूँजीवादी वादी व्यवस्था हो । यो व्यवस्थामा पूँजीवादीहरुका बिचमा प्रतिस्प्रधा हुन्छ । एउटा पूँजीपतिको हार हुन्छ । अर्को पूँजीपतिको जित हुन्छ । यसो हेर्दा त्यहाँ प्रतिस्पर्धात्मक प्रजातन्त्र हुन्छ । तर जसले जिते पनि त्यहाँ पँुजीपति वर्गकै जित हुने हुँदा त्यहाँ अल्पसंख्यक पूँजीपति वर्गको हितको वकालत बाहेक अरु हुँदैन । त्यो सारतः सर्वहारावर्ग माथि पूँजीवादी अधिनायकत्वबाहेक अरु थोक होइन ।

हामीले भन्ने गरेको समाजवादी राज्यसत्ताले राजनीतिकरुपले पूँजीपति वर्ग माथि सर्वहारा वर्गीय अधिनायकत्व कायम गर्ने भए पनि आर्थिकरुपले श्रमको मुल्य सिद्धान्तलाई अंंगिकार गर्दछ । हामीले यस्तो राज्य निर्माण गर्नुको मुख्य उद्देश्य निजी सम्पत्तिको उन्मुलनको भौतिक आधार तयार पार्नु हो । निजी सम्पत्तिको अन्त्यसँगै वर्गको पनि अन्त्य हुनेछ । वर्ग बिनाको राज्यसत्ता औपचारिक संयन्त्रका रुपमा एक ठाउँ थन्को लाग्नेछ र समाजमा राज्यसत्ताको आवश्यकताको अनुभूति सुन्य भई राज्यसत्ताको समेत विलोप हुनेछ । त्यही समाजलाई हामीले सबैभन्दा उन्नत र वर्ग, शोषण विहीन समानताको समाज साम्यवादी समाजको परिकल्पना गरेका हौं ।

काल्पनिक समाजवाद
काल्पनिक समाजवादीका प्रवर्तक फ्रान्सका क्लाउदे हेनरी सेन्ट साइमन (१७६०–१८२५) हुन । फ्रान्सका चार्स फुरिये (१७७२–१८३७) र ब्रिटेनका रबर्ट ओवन (१८७१–१८५८) तीन जनाले काल्पनिक समाजवादका मुख्य पक्षधरता लिएका थिए । यसका पहिलो ब्याख्याता थोमस मुर हुन । काल्पनिक समाजवादीहरुले पूँजीवादको तिखो आलोचना गर्दै समाजमा अब समानतामुलक आर्थिक राजनीतिक प्रणालीको खाँचो रहेको कुरा अघि सारेका थिए । उनीहरुले समाजको आर्थिक उत्पादन पद्धतिअनुसार समाजको रुपान्तरणको वकालत गर्नुृको साटो भाववादी र कोरा कल्पनावादी भएर आफ्नो काल्पनिक समाजवादी चिन्तन अघि सारेका थिए ।

जब कि पूँजीवादी समाज स्पष्ट दुई वर्गमा विभिाजित छ । पूँजीपति वर्ग राज्यसत्ताको बागडार समहालेर सर्वहारा वर्ग माथि शासन चलाई रहेको छ । सर्वहारा वर्गले खुन पसिना बगाउँदै श्रम गर्छ । सर्वहाराको श्रमबाट उत्पादित मूल्यमाथि पूँजीपति वर्गले अतिरिक्त मुल्य वृद्धि गरी आफ्नो वर्ग स्वार्थ गरिरहेको छ । त्यस्तो अवस्थामा समाजवाद सर्वहारा वर्गको एकतामा आधारित पूँजीपति वर्ग विरुद्व व्यापक र व्यवस्थित वर्ग संघर्षको सिद्धान्तमा आधारित संघर्षबाट मात्र समाजवाद आउन सक्थ्यो ।

तर, काल्पनिक समाजवादीहरुले ती दुई विरोधी वर्गका मेलमिलापबाट समानतामा आधारित आर्थिक राजनीतिक प्रणाली ल्याउने कुरा गर्थे । वर्ग समन्वयबाट वर्गको अन्त्य गर्ने र समानतामुलक समाज निर्माण गर्ने उनीहरुको मुल दृष्टिकोण रहेको थियो । कतिपय चिन्तकहरुले त पूँजीवादी व्यवस्थामा सर्वहारा वर्गको कल्पना समेत गर्दैन थिए । त्यसैले यो चिन्तनलाई काल्पनिक समाजवाद भनिएको हो । यो काल्पनिक समाजवादले माक्र्सवादको सामाजिक सिद्धान्तको विकासमा महत्वपूर्ण स्रोतको काम ग¥यो ।

हेगेलको पालासम्म मानवको चेतनालाई उसको अस्तित्वको आधारकोरुपमा व्याख्या गरिदै आएको थियो । तर त्यसपछि मानवको अस्तित्वलाई उसको चेतनाको आधार प्रमाणित गर्ने बाटो खुल्यो । त्यस बेलादेखि समाजवाद कुनै एक व्यक्तिको बौद्धिक क्षमताको फल रहेन । ऐतिहासिक रूपले विकास भएका सर्वहारा वर्ग र पूँजीपति वर्ग विचको वर्गसंघर्षको अनिवार्य परिणाम मान्न थालियो । त्यसपछि आर्थिक र राजनीतिक प्रणाली भएको समानतामुलक समाजवादको स्थापना गर्न दुई परस्पर विरोधी वर्गमध्ये राज्यसत्तामा आसिन पूँजीवादी शासक बर्गलाई सत्ताबाट गलहत्याएर ऐतिहासिक रूपले शोषणमा परेको श्रमजीवि सर्वहारवर्गलाई शासक बनाई वर्गविहीन र शोषणविहीन अवस्थामा पु¥याउन त्यही वर्गको पक्षमा काम गर्न सचेत, सङ्गठित र अनुशासित हुनु पर्ने सिद्धान्तको विकास भयो ।

यस प्रकारको भौतिकवादी धारणासँग पहिलेका काल्पनिक समाजवादीहरुको कुनै मेल थिएन । काल्पनिक समाजवादले आफ्नो समयको पूँजीवादी प्रणालीका खराब पक्ष र कमजोरीहरू अवश्य पनि पहिल्याएको थियो । पूँजीवादी प्रणालीमा उत्पन्न भएका समस्याहरू देखाउने काम पनि भएको कुरा यथार्त नै हो । तर त्यो काल्पनिक समाजवादले पूँजीवादी व्यवस्था खराब हुनाको कारणहरूको खोजी गर्न भने सकेको थिएन । उसले पूँजीवादमा समस्या उत्पन्न हुनका कारण पत्ता लगाउँन नसकेका पछि । उत्पन्न समस्याहरुको समाधानको तरिकाहरू पत्ता लगाउन पनि सक्ने कुरा भएन । व्यवस्था खरबी छ । खराब व्यवस्थाको त्याग गर्नु पर्छ त भन्यो । तर, शोषणको मूल जरो र त्यो जरोको श्रोत पहिल्याउन असमर्थ भयो ।

निन्दा र भत्र्सना गरेर मात्रै पूँजीवादको अन्त्य र समाजवादको स्थापना हुँदैनथ्यो । बरु विशेष ऐतिहासिक युग व्यवस्था निर्माणका लागि त्यस्तो व्यवस्थाको जन्म, उसले अंगिकार गर्ने चरित्र र त्यसका विशेषताहरले अनिवार्यता र त्यसकै कारणले पतन हुने पनि अनिवार्य भएको तथ्य प्रष्ट पार्नु सक्नु पर्दथ्यो । त्यो जनमानमा रहस्यमय बनेको पूँजीवादी उत्पादन प्रणालीको मौलिक रूपलाई पर्दाफास गर्न सक्नु पर्दथ्यो तर पनि त्यो हुन सकेन ।

काल्पनिक समाजवादलाई स्रोत मान्दै त्यसका खराब पक्ष हटाउदै र आवश्यक तत्वको खोजी गर्दै अतिरिक्त मूल्य र नाफा गरेर पूँजी जम्मा हुने अवस्थाको अध्ययन गरेर पूँजीवादमा उत्पादन र पुनरुत्पादनको रहस्य उद्घाटन गर्नु काम कार्ल माक्र्सले गर्नु भयो । ऐतिहासिक भौतिकवादी धारणा र अतिरिक्त मूल्यको पत्ता लगाएर माक्र्सले समाजवादको अनिवार्यता पुष्टि गर्नु भयो । यिनै दुई वटा रहस्य उद्घाटनका कारणले समाजवाद विज्ञान बन्यो र पछिको काम वर्गसङ्घर्ष र सर्वहारा वर्गको अधिनायकत्वबाट र वर्ग सङ्घर्षबाट राज्यसत्ता कब्जा गर्ने र वर्गविहीन समाजतर्फ अघि बढ्ने काम शोषित वर्गको हातमा जाने भयो ।

प्रतिकृया

प्रतिकृया