प्रिया स्मृती गजमेर, लमही
२३-चैत/ दाङको लमही नगरपालिकामा तीन वर्षको दौरानमा दुई प्रमुख प्रशासकीय अधिकृत फेरिए, तर नगरपालिकाको मुहार भने जस्ताको तस्तै छ । राजनीतिक खिचातानीले गर्दा सरुवा भएर आएका प्रमुख प्रशासकीय अधिकृत पूरा कार्यकाल बस्नै पाउदैनन् । जनप्रतिनिधिहरुको निर्देशनमा चले ठिक नत्र उनीहरुको विकल्प खोज्न शुरु हुन्छ । कार्यालयका हाकिमले नीति नियम र प्रक्रियागत रुपमा काम गर्न खोज्छन भने जनप्रतिनिधिले राजनीतिको आडमा पेलेरै लैजान खोज्छन । यस्तो प्रवृत्तिले न जनताले विकास भएको अनुभुती गर्न पाएका छन्, न त समग्र नगरपालिकाले विकासले गति लिएको छ । कहिले नगर प्रमुख र वडाध्यक्षबीच विवाद हुन्छ, कहिले प्रमुख प्रशासकीय अधिकृत र वडाध्यक्षबीच ।


                                                                                 ADVERTISEMENT

 


नगरपालिकाको ९ वटा वडामध्ये १ र ५ नम्बर वडामा नेकपा एमाले र ३ नम्बर वडामा माओवादी केन्द्रले निर्वाचन जितेको थियो । बाँकी वडामा नेपाली काँग्रेस, स्थानीय निर्वाचनमा अत्याधिक मतले विजयी भएको थियो । त्यस्तै नगर प्रमुख नेकपा एमाले र उपप्रमुखमा काँग्रेसले जितेको थियो । नगरपालिकामा काँग्रेसको बहुमत छ, यति हुँदाहुँदै पनि नगर प्रमुखले जे भन्यो त्यो काँग्रेसका जनप्रतिनिधिले जनप्रतिनिधिले ‘टेबल’ गर्न सक्दैनन भन्ने आरोप बेला–बेला लाग्ने गरेको छ । यसमा पार्टी नेतृत्वले पनि असन्तुष्टि जनाउँदै आएका छन् ।

स्थानीय निर्वाचनपछि लमही नगरपालिकामा ललितबहादुर थापा प्रमुख प्रशासकीय अधिकृत थिए । उनी सरुवा भएपछि गेहेन्द्रबहादुर डाँगी आएर विधि र प्रक्रियामा टेकेर काम अघि बढाउँदै लगे । बजार ब्यवस्थापनदेखि लिएर कर्मचारीलाई अनुशासनमा राख्ने पाटोमा निकै महत्वपूर्ण भुमिका निभाएको उनको दावी थियो । उनको कार्य सम्पादन केही पार्टीका नेता, र जो राज्यलाई छलेर ब्यवसाय गरिरहेका छन् उनीहरुलाई पटक्कै मन परेन । उनलाई सरुवा गर्न धेरै प्रपन्च रचियो । सोही क्रममा लमही नगरपालिकामा लेखा अधिकृत, शिक्षा अधिकृत र करारमा कार्यरत योजना अधिकृतले कार्य सम्पादनमा समग्र नगरपालिकालाई ठेस पुग्ने गरि कार्य गरेको भन्दै नगर प्रमुख, उपप्रमुख र तत्कालिन प्रमुख प्रशासकीय अधिकृत डाँगीले निर्णय गर्दै करारमा कार्यरत योजना अधिकृतलाई बर्खास्त गर्ने र स्थायी कर्मचारीलाई सरुवा मिलाएर अन्यत्र जान सुझाब दिएका थिए । यहि बिषयलाई लिएर ५ नं. वडा अध्यक्ष बाहेक ८ वटा वडाका सबै जनप्रतिनिधि नगर प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकिय अधिकृतको एकलौटी र ठाडो निर्णय भएको भन्दै आन्दोलित बने ।

निर्णय नगराई गरेका योजनाहरुको बिल भुक्तानी नगर्दा डाँगी वडाध्यक्षहरुको निसानीमा परे । त्यो बेलाको मुख्य एजेन्डा नै बन्यो हटाईएका कर्मचारीलाई काममा फर्काउनुपर्ने र डाँगीलाई हटाउनु पर्ने । प्रमुख प्रशासकीय अधिकृत डाँगीले गैरजिम्मेवार काम गर्ने कर्मचारीलाई फर्काउन भन्दा आफू नै सरुवा भएर जान उचित सम्झिए । डाँगीलाई सरुवा गर्न वडाध्यक्षहरु पटक–पटक मन्त्रालय गए, तर नगर प्रमुखले डाँगीको कार्य सम्पादन राम्रो भएको र आफुलाई सहज भएको भन्दै नेताहरुलाई भनसुन गरेर डाँगीको सरुवा रोकि दिन्थे । यो राजनीति खेल लामो समयसम्म चल्यो । अन्ततः विवाद साम्य नहुने देखेपछि डाँगी सरुवा भएर गए । डाँगी सरुवा भएर गएपछि प्रमुख प्रशासकीय अधिकृतको रुपमा टोपेन्द्रबहादुर केसी आए । उनी पनि केही महिनापछि सरुवा भए । केसी सरुवा भएर गएपछि नोखिराम ओली आए । ओली नगरपालिका आइसकेपछी उनको कामप्रति

न सेवाग्राही खुशी हुन सके, न जनप्रतिनिधि । जब प्रमुख प्रशासकीय अधिकृत गेहेन्द्रबहादुर डाँगीलाई फेरि बोलाउने कुरा थाह पाएपछि वडा नं. १ का वडाध्यक्ष नुमराज पौडेल, २ का नेपालु चौधरी, ३ का बाबुराम चौधरी, ६ का गणेशमान चौधरी र ८ का मेघनारायण चौधरीले विरोध गरे । यसअघि विवादमा परेका डाँगीलाई ल्याउन हुन्न भन्ने उनीहरुको अडान थियो । जति बेला कर्मचारी हटाउँदा ५ नं. वडाध्यक्ष बाहेक सबै वडाका वडाध्यक्ष र सदस्यको बलियो साथ थियो तर यो बेला भने वडाध्यक्षहरु विभाजित बन्न पुगे ।

वडा नम्बर ४ का वडाध्यक्ष सुवास न्यौपाने, ७ का मोहन गिरी र ९ का भेषबहादुर केसी यो पटक भने मौन बसे । ‘असार मसान्त आउन लागि सक्यो अहिलेसम्म १७ प्रतिशत मात्र काम भएको छ, जनताको काम गर्न आएका हामी जनप्रतिनिधि कति विरोध र अवरोध मात्र गर्ने, विकास कहिले गर्ने ? उसै त लकडाउनले थला पारेको छ’, लमही ९ का वडाध्यक्ष भेषबहादुर केसीले भने‘ त्यो समयमा काम गर्न सकिएन, अब हाम्रो समय पनि सकिन लाग्यो, कार्यकाल सकिनै लाग्दा जनताको मन जित्ने गरि काम गरौं भन्ने उद्देश्यले आन्दोलनमा सहभागी हुन सकिएन ।’ त्यस्तै वडा नं. ७ का वडाध्यक्ष मोहन गिरीले पछिल्लो बिवादलाई कसरी मिलाउने भन्ने बारे नेपाली काँग्रेस क्षेत्र नं. १ का क्षेत्रीय सभापति भेषराज पाण्डेले लिएको बताए । वडा नम्बर ४ का वडाध्यक्ष सुबास न्यौपानेले आफू यो बिषयमा तटस्थ भएको प्रतिक्रिया दिए । अन्य वडाध्ध्यक्षहरुले प्रेस विज्ञप्ती निकालेको आफुलाई कुनै जानकारी नभएको बताए ।

वडाध्यक्षहरुको समितिबाट राजीनामा
विभिन्न माग राख्दै आन्दोलनमा उत्रिएका वडध्यक्षहरुले आफू सम्बद्ध समितिबाट राजीनामासमेत दिएका छन् । वडा नं. ६ का वडाध्यक्ष गणेशमान चौधरी कार्यपालिकाको बिषयगत सामाजिक विकास समितिको संयोजकसहित अन्य ४ समितिहरु सदस्यको जिम्मेवारीमा छन् । त्यस्तै वडा नं. २ का वडाध्यक्ष नेपालु चौधरी वातावरण तथा विपद ब्यवस्थापन समितिको संयोजक, वडा नं. ३ का वडाध्यक्ष बाबुराम थारु ५ समितिका सदस्य रहेका छन् । वडा नं. १ का वडाध्यक्ष नुमराज पौडेल बिद्येयक समितिको संयोजक र वडा नं. ८ का वडाध्यक्ष मेघनारायण चौधरी सार्बजनिक सेवा तथा क्षमता विकास समितिको संयोजकको जिम्मेवारीबाट राजिनामा दिएका छन्, भने अन्य ७ जना कार्यपालिका सदस्यहरु पनि विभिन्न समिति बाट राजिनामा दिएका छन ।

नियम पूर्वक काम गर्दा वडाध्यक्ष रुष्ट
भर्खर सरुवा भएर आएका प्रमुख प्रशासकीय अधिकृत गेहेन्द्रबहादुर डाँगीले नगरदेखि वडासम्मका कामहरुलाई नियम पूर्वक गर्दा वडाध्यक्षहरु आफूसंग रुष्ट भएको बताएका छन् । ‘सामान्य काम त ब्यवहारिक रुपले गरेकै छु, तर कानुनी बाधा र अड्चन आउने जस्ता काम रित पुराएर गरौं भन्दा जवरजस्ति पेल्न खोज्दा यो समस्य भएको हो’ उनले भने ‘कार्यपालिकाले निर्णय गरेका कुन योजनाको काममा मैले भुक्तानी दिएको छैन ? कार्यपालिकाले नै निर्णय नगरेको कुरालाई मैले कसरी भुक्तानी दिन मिल्छ ? आफैले बनाएको कानुन मिचेर यो गर त्यो गर भन्नू कत्तिको जायज हो त्यो आफै बुझ्नुस् ।’

पुराना मुद्दालाई लिखित सम्झौता गरे सहमती हुन्छ : वडाध्यक्ष पौडेल
प्रमुख प्रशासकीय अधिकृतको विषयलाई लिएर बिवाद भैरहेको बेला कार्यपालिका बैठक बोलाएर पुराना समस्यालाई लिखित सम्झौता गरे सहमति हुने बताए । तत्कालीन प्रशासकीय अधिकृत डाँगीले त्यति बेला रोकेका कामलाई अब फेरि नदोर्होयाउने सर्तमा मात्र आफुहरुलाई मान्य हुने बताए । आन्दोलन जारी छ, सहमतीको बिन्दु खोजौ भनेको मात्र हो । यदि हाम्रो माग पूरा नभए सहमतीमा नजाने पौडेलको भनाई छ ।

वडाध्यक्षकै आग्रहमा हाकिम ल्याइयोस् : केसी
लमही नगरपालिकाक प्रमुख कुल बहादुर केसीले वडाध्यक्षहरुको आग्रहमा मन्त्रालयमा भनसुन गरेर डाँगीलाई ल्याएको बताए । ‘दुई वटा कार्यकारीको काम पनि हेरियो सन्तोषजनक नभएको भन्ने उहाँहरुकै गुनासो आए पछि मात्र यो कदम चालिएको हो’ केसीले भने । नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत नेपाल सरकारको कर्मचारी भएको र आवश्यक परेको ठाउँमा आउन र जान सक्ने भन्दै जनताको काम गर्ने, नीति नियमलाई पछ्याएर काम गर्ने, आइ परे जोखिम मोलेर काम गर्ने मान्छे चाहिने बताए । त्यो गुण डाँगीमा रहेको भन्दै त्यही गुणलाई देखेर यहाँ ल्याएको उनको भनाई छ ।

प्रतिकृया

प्रतिकृया