जयन्ती चौधरी, तुलसीपुर
२५-चैत/ नेपाल पत्रकार महासंघ दाङको निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको छ । संघ, प्रदेश र स्थानीय तहमा आज निर्वाचन हुदैछ । दाङलगायत देशैभर आज नयाँ नेतृत्व चयनका लागि बिहान ९ बजेदेखि बेलुका ५ बजेसम्म मतदान हुने निर्वाचन समिती दाङका संयोजक सुदिप गौतमले बताए । आज हुन लागेको निर्वाचनमा दुईवटा प्यानलको कडा प्रतिस्पर्धा हुँदैछ । चुनावी मैदानमा प्रेस संगठन, प्रेस युनियन र प्रगतिशिल पत्रकार संघबाट लक्ष्मी आचार्यको समूह र प्रेस चौतारीको तर्फबाट दुर्गालाल केसीको नेतृत्वमा कडा प्रतिस्पर्धा हँुदैछ ।


                                                                                 ADVERTISEMENT

 


२१ सदस्यीय कार्य समितिमा ४२ जनाको उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ । संयुक्त गठबन्धनको उपाध्यक्षमा सन्तोष सुवेदी र बसुन्धरा गौतम, सचिवमा आरके शीतल, सहसचिवमा राकेश बस्नेत तथा देवि भण्डारी र कोषाध्यक्ष शरद रेग्मीको उम्मेदवारी परेको छ । उक्त गठबन्धनका सदस्यहरुमा सन्तोष केसी, प्रेम तिवारी, अन्जना चौधरी, यमकला भुसाल, सरीता चौधरी, शिवराज खनाल, दुःखहरण यादव, कुलदिप न्यौपाने, गिरीराज नेपाली, जीवन नेपाली, दिपक बोहरा, उदय बिसी र विवेक खड्काको उम्मेद्वारी दिएका छन् ।

त्यस्तै प्रेस चौतारीको प्यानलबाट उपाध्यक्षमा ओपेन्द्र बस्नेत र रन्जीता शर्मा, सचिवमा गोकर्ण पौडेल, सह सचिवमा दिप्तीशिखा चौधरी र दशरथ घिमिरे, कोषाध्यक्षमा प्रेम विवस घर्तीले उम्मेद्वारी दिएका छन् । सदस्यहरुमा मिना विश्वकर्मा, लक्ष्मण बिश्वकर्मा, नविनकुमार चौधरी, सन्तोषकुमार गुप्ता, शिव घर्ती, ऋषि यादव, एकराज भण्डारी, कमल ओली, विष्णु आर्ट, माधव कँडेल, दिपक जिएम, लक्ष्मण बस्नेत, सुनिलकुमार पोख्रेलको उम्मेद्वारी परेको छ । स्वतन्त्रबाट आभाष बुढाथोकीले सदस्यमा उम्मेदवारी दिएका छन् ।

त्यस्तै राष्ट्रिय परिषद सदस्यमा १४ जना र १७ जना प्रदेश परिषद् सदस्यमा उम्मेदवारी परेको छ । पत्रकार महासंघ दाङमा २७७ जना मतदाता रहेका छन् ।

प्रतिकृया

प्रतिकृया