तुलसीपुर
२५-चैत/ नेपाल पत्रकार महासंघको नयाँ नेतृत्वका लागि दाङको घोराहीमा मतदान जारी छ । अहिले सम्म २४३ मत खसेको निवार्चन समिती दाङका संयोजक सुदिप गौतमले जानकारी दिए । दाङ पत्रकार महासंघमा मतदाताको संख्या २७७ जना रहेको छ । निवार्चन समितीका संयोजक गौतमका अनुसार २६० मतदान हुने अनुमान छ । पत्रकार महासंघ दाङको पहिलो मतदान केन्द्रिय अध्यक्षका उम्मेद्धार विपुल पोख्रेलले गरेका थिए ।


                                                                                 ADVERTISEMENT

 


निवार्चनमा मतदाताहरुको उत्साजनक सहभागिता रहेको निवार्चन समितीले बताएको छ । निवार्चन विहान ९ बजेदेखि बेलुका ५ बजेसम्म हुने छ । दाङका नेतृत्वका लागि दुई समुह चुनावी मैदानमा उत्रिएका छन् । प्रेस चौतारीबाट दुर्गालाल केसी र प्रेस सेन्टरबाट लक्ष्मी आचार्यबीच कडा प्रतिस्पर्धा रहेको छ । मत गणना आजै हुने संयोजक गौतमले बताए ।

प्रतिकृया

प्रतिकृया