NEW YEAR 2078 – GREETINGS
          


तुलसीपुर
३०-चैत/ तुलसीपुरमा एकैदिन १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सोमबार राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, नेपालगञ्ज मेडिकल कलेज तथा काठमाडौं मेडिकल कलेजमा गरिएको पीसीआर परीक्षणका क्रममा १० जनामा कोरोना संक्रमण पुष्टि भएको तुलसीपुर उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक विमल केसीले जानकारी दिए ।

केसीका अनुसार संक्रमण पुष्टि हुनेमा तुलसीपुर उपमहानगरपालिका वडा नं.६ का ५ जना ३२, ६५, ४५ वर्षिय महिला र २१, ६३ वर्षीय पुरुष, वडा नं.१३ का २ जना २७ र ५७ वर्षीय महिला, वडा नं. २ का ४२ वर्षीय पुरुष, वडा नं. १२ का ६५ वर्षिय महिला र वडा नं. १० का ३२ वर्षिय पुरुष रहेका छन् । संक्रमित मध्ये ४ जना कोरोना अस्पताल बेलझुण्डीको आईसोलेसनमा पठाएको छ भने २ जना भेरी अस्पतालको आईसोलेसनमा भर्ना गरिएको छ । यो संगै तुलसीपुरमा कोरोनाको सक्रिय संक्रमितको संख्या २२ पुगेको छ ।

जसमध्य ७ जना कोरोना अस्पताल बेलझुण्डीको आईसोलेसनमा, ४ जना भेरी अस्पतालको आईसोलेसनमा उपचारकालागि राखिएको केसीले जानकारी दिए । सामान्य लक्षण भएका ११ जना व्यक्तिहरु भने होम आईसोलेसनमा रहेका छन् । संक्रमित व्यक्तिहरु विभिन्न ठाउँबाट आएको बुझिएको छ । एक जना भारतबाट आएको, एक जना काठमाडौंबाट आएको र ४ जना नेपालगञ्जबाट आएकालाई संक्रमण पुष्टि भएको हो, भने अन्य तुलसीपुरमै रहेका व्यक्तीलाई संक्रमण देखिएको हो ।

योसंगै तुलसीपुरमा हाल सम्म जम्मा संक्रमित संख्या ८६१ पुगेको छ भने कोरोना संक्रमणबाट २३ जनाको मृत्यु भएको छ ।

प्रतिकृया

प्रतिकृया