NEW YEAR 2078 – GREETINGS
          


प्रिया स्मृती गजमेर, लमही
१०-वैशाख/ दाङ-देउखुरीमा १५ वर्षीय कोरोना संक्रमित बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा गढवा गाउँपालिका वडा नं. ६ घर भएका ति बालक लमहीस्थित आदर्श माध्यामिक विद्यालय कक्षा ९ मा अध्ययनरत रहेका थिए । उनको शुक्रबार भैरहवामा उपचारका क्रममा मृत्यु भएको हो ।

ति बालक लामो समय विद्यालय आएका थिएनन, हामीले विद्यालय किन आउदैनन भनेर अभिभावक संग बुझ्दा उहाँहरुले पनि खै किन विद्यालय जान मान्दैन स भनेपछि उसलाई सम्झाई बुझाई विद्यालय आउन भनेको प्रधानाध्यापक कुलचन्द्र पौडेलले बताए । कोरोना संक्रमण भएर मृत्यु भएका ति बालक वैशाख ६ गते विद्यालय आएको र त्यसपछी नआएको बुझिएको छ ।

त्यो दिन नै टाउको दुख्यो भनेर शिक्षकलाई जानकारी गराएर घर गएको प्रधानाध्यापक पौडेलको भनाई छ । बेस्सरी टाउको दुख्न थालेपछि घरपरिवारले उपचारका लागि भैरहवा लग्नु भएको थियो, उता कोरोना परिक्षण गर्दा पोजेटिभ आएको हो, पछि उपचारकै क्रममा बालकको मृत्यु भएको विद्यालयका प्रधानाध्यापक पौडेलले जानकारी दिए । कक्षा ९ मा अध्ययनरत बालकको मृत्यु भएपछी दुई दिनको लागि विद्यालय बन्द गरिएको छ ।

प्रतिकृया

प्रतिकृया