दशै / तिहार एंम छठ पर्बको शुभकामना

 


 

अञ्जना चौधरी
व्यवसायी तथा समाजसेवी देविराम कुसारी । उनको जन्म २०३८ साल मंसिर ६ गते तत्कालिन रुकुम जिल्लाको दुली गाउँविकास समिति वडा नं. ८ कोटमा बुवा रणविर कुसारी र आमा मोती कुसारीको कोखबाट भएको हो । आफ्नो वाल्यकाल दुई चरणमा वितेको उनी सुनाउँछन् । ८,९ बर्ष सम्म रुकुममै बसेका उनी दाङ झरेपछि अर्को वाल्यकाल विताएको बताउँछन् । तर उनी रुकुममा बिताएको वाल्यकाल धेरै सम्झने गर्दछन् । रुकुम हुँदा उनी आफ्नो हजुरबुवा र हजुरआमा संग बस्ने गर्दथे ।


    दशै / तिहार एंम छठ पर्बको शुभकामना
         



रुकुमको बसाई तिन चार ठाउँमा हुन्छ उनी भन्छन् एउटा जिउला भन्ने हुन्छ जहाँ खेतीपाती गरिन्छ, गाईभैसी पाल्नको लागि खर्क, बारी भएको ठाउँ कोट र गाई गोरु राख्ने ठाउँलाई गोठ भनिन्छ म हजुरबुवा हजुरआमा फुपुसंग गाईग्वाला जाने भएको हुँदा गोठ बस्ने गर्थे उनी भन्छन’् । रुकुममा एक प्रकारको तरुल पाईन्छ फुपुले त्यही तरुल ल्याएर रोटी हालेर खुवाउनु हुन्थ्यो उनी भन्छन् ति कुरा म धेरै नै याद गर्नेगर्छु ।

त्यो समयमा उनका केही आफन्तहरु दाङमा बस्दथे । एकदिन देविरामको लागि दाङबाट बाटा चप्पल लिएर उनको माईलो बुवा रुकुम जानुभयो । माईलो बुवाले लैजानु भएको बाटा चप्पल पहिलो पटक उनले लगाए । चप्पल लगाएर स्कुल आउजाउ गर्थे उनी । रुकुममा त्यो बेला चप्पल पुगि सकेको थिएन । चप्पल लगाउने रहरले देविरामका साथीहरु करिव एक घण्टाको बाटोमा उनलाई पिठ्यूमा पालैपाले बोकेर स्कुल पु¥याउथे । देविरामलाई बोकेर उनले लगाउने चप्पल उनका साथीहरुले पालैपालो लगाउने गरेको उनी सुनाउँछन् । ‘मेरो आफुन्ती दाङमा भएको हुनाले नै मैले चप्पल लगाउन पाए उनी भन्छन् एक दिन त्यही चप्पल पनि चुडियो, ‘चप्पल चुडिएको त्यो दिन म दिनभरी रोएँ उनी भन्छन् तर चप्पल चुडेपछि डोरीले गाँसेर फेरी लगाउन मिल्न भन्ने मलाई र मेरो परिवारमा बसैलाई पनि थाहा थिएन ।

 


      दशै / तिहार एंम छठ पर्बको शुभकामना


 

त्यसपछि दिनभरी रोएर स्कुल नगएपछि आमाले धोतीको खिकाको डोरी बाँधेर फेरी चप्पल लगाउने बनाई दिनुभयो त्यो एकमदै शुखिको क्षण थियो मेरा लागि उनी भन्छन् । उनी रुकुमको प्राविकोटबाट पाँच बर्षको उमेरमा पढाई सुरु गरे । उनको घरमा शिक्षकहरु डेरा गरेर बस्ने भएकाले सानै उमेर देखिनै पढ्न गए । तर पढाईमा आफु कमजोर भएकाले स्कुल गएको एक बर्षपछि मात्रै ‘क’ ‘ख’ लेख्न जानेको उनी बताउँछन् । एकदुई कक्षा पढ्ने बेला सम्म आफुले मेलको पाटीमा कोईलाले कालो बनाएर कमेरो, खरीले लेखेर बढेको उनको भनाई छ । कक्षा दुईमा पढ्ने बेला सिसा कलम र रिफिल पाएको उनी बताउँछन् ।

त्यसपछि उनको परिवार रुकुमबाट बसाई सराई गरेर २०४५ सालमा दाङको गोल्टाकुरीको बगलापुरमा आयो । त्यसपछि उनी कक्षा तीनबाट निमावि मधपुरमा पढे । उनको घर र मधपुर स्कुलको विचमा अर्को स्कुल पनि थियो तर चिने जानेका आफन्तीहरु मधपुर तिर बस्ने भएकाले आफु मधपुरमा पढ्न गएको उनी बताउँछन् । कक्षा पाँच सम्म त्यहाँ पढेका उनी त्यसपछि कक्षा ६ देखि अमर मावि उरहरीमा पढ्न आए । र त्यहीबाट २०५७ सालमा एसएलसी पास गरे । त्यसपछि पढ्नको लागि उनी महेन्द्र बहुमुखी क्याम्पस घोराहीमा गए ।

उदेश्य बिहीन मान्छेः

सबैले एउटा न एउटा उदेश्य लिएर अगाडी बढ्छ तर म क्याम्पस पढ्ने बेला सम्म उदेश्यहिन व्यक्ति थिए देविराम भन्छन् । ‘म क्याम्पसमा कर्मश बिषय लिएर पढ्थे तर मैले त्यही बेला हाउस वाईरिङ र ईलोक्ट्रोनिक्सको तालिम लिन जान्थे । त्यही समय म फेरी पत्रकारीतामा पनि आवद्ध भए पढाई कमर्श, काम गर्नेे पत्रकारिता उनी हास्दै भन्छन् त्यसकारण म उदेश्यहिन व्यक्ति थिए’ । उनले आईए पास २०६० सालमा गरे । त्यसपछि उनको पढाई आर्थिक समस्याले लामो समय रोकियो । घोराहीमा आईए पढ्नको लागि तीन बर्षको अवधिमा घरबाट २७ हजार खर्च लगेको उनी बताउँछन् । ‘म अध्ययन संगै काम पनि गर्थे उनी भन्छन् हाउस वाईरिङ लगायत त्यतीबेला गोल्टाकुरी, धर्ना, चौपटा, चौघेरा, दामोदर मार्ग ससाना रोडको काम गर्ने विपीमार्ग थियो त्यसमा म सुपरभाईजरको रुपमा काम गरे उनी भन्छन् मैले त्यहाँबाट १३ सय तलब पाउथे, पहिलो तलब बुझेर म असाध्यै खुशी भए त्यो तलबले मैले आफुलाई जुत्ता, स्यानी फुपुलाई चप्पल किनिदिएको थिए उनी भन्छन्’ ।

अभावले अनौठो काम गर्न सिकाउँछ

एक दिन देविराम कोठाबाट बजार जाँदै थिए । त्यहीबेला जिविस अगाडी एकजना विदेशी संग उनको भेटभयो । उनले जानीनजानी आफुले विदेशी संग आर्थिक अपेक्षा गरेको सुनाए । विदेशीलाई नेपाली बोल्न आउँदो रैछ उस्ले त्यो जिल्ला विकास हो तिमी जस्तालाई त्यहाँ सहयोग हुन सक्छ भन्दै जान आग्रह ग¥यो । ‘उनी भन्छन् म त्यहीबाट फर्किएर कोठामा गएर निवेदन लेखेर जिविसमा बुझाए र मैले त्यहाँबाट पाँचसय रुपैया पाएको थिए’ । विदेशीहरुले सहयोग गर्छन भन्ने सुनेको थिए म संग पैसाको अभाव पनि थियो अभावले नै म विदेशी संग बोले त्यसको संल्लाहाले नै मलाई निवेदन लिएर जिविस सम्म पु¥यो उनी भन्छन् ।

त्यसपछि उनी आईए पास गरेर घरमा आएर बखरियामा ३७ रुपैयाँ लगानीबाट किराना पसल संचालन गरे । त्यही पसललाई बढाउँदै लगेर अहिलेको अवस्था सम्म आएको उनी बताउँछन् । व्यापार संगै उनी नेपाल महिला सामुदायिक सेवा केन्द्रमा १८ बर्ष काम गरे । घर व्यवहारको अवस्था पनि सुध्रदै गयो । त्यही समयमा उनलाई एउटा संस्थाबाट जागिरको लागि प्रस्ताव आयो उनले फर्म भनेर सर्टलिस्टमा नाम पनि निकाले । तर संस्थालाई मास्टर पास गरेको व्यक्ति चाहिएको रहेछ पढाईकै कारण उनले जागिर पाएनन् त्यो बेला पढ्ने रहर देविराममा अझै बढ्यो । त्यसपछि धेरैले पत्रकारहरु पढेका हुदैनन् नपढेका मान्छेहरु पत्रकार बन्छन् भनेर अरुले सुनाउँदा उनलाई अब जसरी पनि बढ्नु पर्छ भन्दै बसन्त विवस आचार्यको सहयोगमा पव्लिक ज्ञानज्योतिमा पत्रकारीता बिषयको पढाई २०७४ सालबाट सुरु गरे । व्याचलरको पढाई उनले रेगुलर पास गरे । अहिले उनी मास्टर अध्ययन गरि रहेका छन् ।

उनले आधिकारी रुपमा २०५८ सालबाट पत्रकारिता सुरु गरेका थिए । उनी राकेश दिनयाल बस्नेतसंग मिलेर पुष्पाञ्जली नामक हवाईपत्रिका निकाल्न थाले । हवाई पत्रिकामा भावना, गित गजल, कविता मात्रै प्रकाशित हुन्थ्यो । त्योसंगै नयाँ युगबोध राष्ट्रिय दैनिक, रेडियो स्वर्गद्धारीमा पनि जोडिए । उनले रेडियो स्वर्गद्धारीबाट भोलेन्टियर कार्ड पाउँदा एकदमै खुशी लागेको बताउँछन् । कार्ड पाएपछि पहिलोपटक रिर्पोटिङ गर्न अमेलियामा पुगे । त्यहाँका स्थानीयले पुरानो व्याट्रिलाई मलमा राखेर बत्ति बालेका थिए, त्यो रिर्पोट मेन समाचार बन्यो स्वर्गद्धारीमा, त्यतीबेला त वरिष्ठ पत्रकार भएजस्तो लागेको थियो उनी भन्छन् । त्यसपछि उनी २०५९ सालदेखि प्रकाशित भएको गोरक्ष राष्ट्रिय दैनिकमा तुलसीपुरमा शाखाप्रमुखको जिम्मेवारी लिएर काम गरे । पत्रकारी पेशाप्रति एकदमै रुची राख्ने देविराम आर्थिककै कारण यो पेशाबाट पछाडी हटे । २०५८ देखि २०६८ सम्म पत्रकारीता नै गरेका उनी जनआन्दोलनका बेला धेरै दुःख भोगेको बताउँछन् । एकदिन तुलसीपुरको बसपार्कमा रिर्पोटिङ गर्न भरतराज शर्मा, देविराम कुसारी र निराजन डाँगी गए । त्यही बेला त्यहाँ दोहारो भिडन्त भयो त्यो बेला बालबाल बचेका हौँ हामी उनी भन्छन् ।

रेडियोमा काम गर्दा धेरै छाँक भोको बसेको छु

तुलसीपुरको एक रेडियोमा काम गर्ने बेला एक हप्ता सम्म चाउँचाउँको भरमा काम गरेर सातौ दिनमा घरमा गएर भात खाएको उनी सुनाउँछन् । दिनभरी भोकै रेडियोमा काम गरेर बेलुका बेसिनमा हात धोएर टेवुलमा खानाखान बस्दा होटल शाहुँले तेरो रेडियोले पैसा दिएको छैन खाना दिन सक्दैन भन्दा कति पिडाभयो होला भोको पेट लिएर रेडियोमा आएर धरधरी रोएको धेरै पलहरुछन् मसंग उनी भन्छन् । रेडियोमा आर्दशका कुरा गर्ने घरमा छोरा छोरी श्रीमतीले खान नपाउदा धेरै पिडा हुदो रैछ त्यसकारण मैले पत्रकारी छोडे । तर अहिले पनि पत्रकारी पेशाप्रतिको माया उस्तै छ म लठ्ठी टेक्दै पत्रकारिता गर्छु भन्ने सोच्थे तर ईच्छा भएर पनि पुरा गर्न सकिएन । ‘अहिले पनि मलाई कसैले त पत्रकार की व्यवसायी भनेर सोध्यो भने म आफुलाई पत्रकार हुँ भन्नु मन पराउँछु उनी भन्छन्’ । तर म बाँचेको व्यवसायले गर्दा भएको हुँदा अहिले गरिरहेको पेशाबाट म सन्तुष्ट छु ।

वैवाहिक जीवन

देविराम कुसारीले २०६० सालमा गोठुवाबाट मागी बिहे गरेका हुन् । बुवा आमाको आग्रहमा केटी हेर्न गएका उनी केटीको कामकाज व्यवहारले आर्कशित भएर बिहे गरेको उनी बताउँछन् । गोठुवा भन्ने नाम पनि सुनेको थिएन म केटी हेर्न जाँदा मेरो बुढि मोल फाल्दै थिईन् केटो हेर्न आउँछ भन्ने त थाहा हुन्छ उनी त अली ट्याकटुक भएर बस्नु पर्ने हो तर मेरो बुढी अरु कुराको कुनै प्रवाहा नगरी काममै व्यक्त थिईन र उनको स्वभाव एकदमै लजालु थियो यी दुई कुराले मलाई धेरै आर्कशित ग¥यो र मैले बिहे गरे उनी भन्छन् । म पहिलो पटक बुढीलाई हेर्न जाँदा पनि उनी काम गर्दै थिईन आजभोली म बाहिरबाट घर जाँदा पनि उनी कहिले खालि बस्दीनन केही न केही काम गरि रहेकी हुन्छिन उनी हाँस्दै भन्छन् । पढेको सबै कुरा बुझेको मान्छे अलि चलाख होला भन्ने सोचेको थिए तर उनी एकमदै लजाउने सोझी देख्दा धेरै अनुशासनमा बसेको आभास भयो र बिहे गरे र अहिले जीवन साथीबाट आफु एकदमै सन्तुष्ट रहेको उनको भनाई छ । अवको केही समयपछि आफ्नो व्यवसाय छोराको जिम्मा लगाएर आफु समाजसेवा गरेर जीवन बिताउने उनको रुची छ ।

प्रतिकृया

प्रतिकृया


      दशै / तिहार एंम छठ पर्बको शुभकामना