विजय जिएम
विश्वमा कोरोना महामारीको नियन्त्रण अझै हुनसकेको छैन् । कोरोना नियन्त्रण गर्न धेरै प्रयासहरु भएका छन् तर सफलता हात लाग्न सकेको छैन् । वैज्ञानिकहरुले आविष्कार गरेका कोरोना विरुद्धको भ्याक्सिनप्रभावकारी हुन सकिरहेको छैन् । कोरोनाको कारण विश्वमा लाखौं मानिसहरुको ज्यानगएको छ । करोडौं मानिसहरु संक्रमित भएका छन् । कोरोनाउत्परिवर्तन भएर नयाँ भेरियन्टको रुपमादेखापरेको छ । कोरोनाका कारण विश्वमा संक्रमित र मृत्यु हुने क्रम रोकिएको छैन् ।कोरोनाको नयाँ भेरियन्ट नेपाल लगाएत विश्वमा तीव्र गतिमा पैmलिरहेको छ । यो समयमा नै नियन्त्रण गर्न सकिएन भने ठुलो मानवीयक्षति हुने सम्भावना देखिन्छ । नयाँ भेरियन्टले सबैलाई निशानाबनाएको छ । यो भाइरसको संक्रमण दर तीव्र रहेको छ भने मानिसको रोग प्रतिरोध क्षमताबढी असर गरेको अध्ययनले देखाएको छ । देशकाविभिन्नठाउँमा कोरोना नियन्त्रण भन्दा बाहिर गइरहेको छ । संक्रमित हुने दर दिनदिनै बढिरहेको छ । अहिले नै अस्पतालहरुमा वेडको अभाव छ । कोरोना अस्पतालहरु भरिएका छन् । नयाँ संक्रमितहरु राख्ने ठाउँ छैन् । आइसियु र भेन्टिलेटरको अभाव छ । जनशतिmको अभाव छ । अक्सिजनसिलिन्डर र स्लाइनको अभाव छ । यो अभावकाबीचमा पनि स्वास्थ्यकर्मीहरु निरन्तर बिरामीहरुको उपचार गर्न तल्लिन छन् ।
विश्वमा फैलिरहेको नयाँ भेरियन्ट सहितको कोभिड १९ संक्रमण रोकथाम तथा नियन्त्रणका लागि संक्रामक रोग ऐन, २०२० को दफा २ ले दिएको अधिकार प्रयोग गरी नेपाल सरकारले बैशाष ६ गते आदेश जारी गरेको छ । तर सरकारको आदेश प्रभावकारी ढंगले कार्यान्वयन भएको छैन । स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकार कछुवाको गतिमा कोरोना रोकथाम र नियन्त्रण गर्न प्रयासरत छन् । सरकारले जारी गरेको आदेशमासभा, सम्मेलन, गोष्ठी, सेमिनार, समीक्षा, बैठक, तालिम, प्रशिक्षणजस्ता क्रियाकलापहरु सञ्चालन गर्दा भर्चुअल माध्यमबाट गर्ने र भौतिक रुपमा उपस्थित भई गर्नैपर्ने भएमा बढीमापच्चीस जना मात्र सहभाागी रहने गरी जनस्वास्थ्यकामापदण्डपालना गरी सञ्चालन गर्ने मेलामहोत्सव, जात्रा, पर्व, विवाह, पास्नी, न्वारन, व्रतबन्ध, धार्मिक तथा सांस्कृतिक क्रियाकलापहरु सञ्चालन गर्दा पच्चीस जना भन्दा बढी सहभागीनहुने र जनस्वास्थ्यकामापदण्ड पालना हुने गरी मात्र सञ्चालन गर्ने भनेर भनिएको छ तर यो आदेशको पालना भने भएको छैन ।
सरकारले जारी गरेको आदेशको पालना सरकार र राजनीतिकदलले नै पालनागरिरहेका छैनन्।सरकार आफै बैठक वा उदघाटनको नाममा भिड जम्मा गर्ने काम गरिरहेको छ ।सरकार आफैले जारी गरेको आदेशको धज्जीउडाइरहेको छ । राजनीतिकदलहरु अहिले पनि आदेशविपरीत राजनीतिक गतिविधि गरिरहेका छन् ।यो कारोना संक्रमण फैलाउने प्रत्यक्ष वा अप्रत्यक्षभुमिका राजनीतिकदलहरुको छ ।संक्रमणको उच्च जोखिम हुने ठाउँ सार्वजनिकयातायात पनि हो । तर सार्वजनिकयातायातमासिटक्षमता भन्दा बढीयात्रु नराख्ने, सवारी साधनको ढोकामा र सवारी साधनभित्र सेनिटाइजरको व्यवस्था गर्नुपर्ने, चालक तथा सहचालकले मास्ब र भाइजर लगाउनु पर्ने आदेशको पालना भएको छैन । सरकारले जारी गरेको आदेशको कार्यान्वयन भए नभएको अनुगमन र कार्वाही गर्ने निकायजिल्लाप्रशासन कार्यालय कहाँ छ भनेर खोज्नुपर्ने बेला भएको छ ।
कोभिड १९ को रोकथाम, नियन्त्रण,उपचार र अनुगमनका लागिसंक्रामक रोग ऐन, २०२० र स्थानीयप्रशासन ऐन, २०२८ ले दिएको अधिकार प्रयोग गर्ने जिम्माप्रमुखजिल्ला अधिकारीलाई दिएको छ । सरकारको आदेश बमोजिमनिषेध, नियन्त्रण र नियमन गरिएका कामकार्वाही भए नभएको र आदेशको पालना भए नभएको अनुगमन गर्ने, सरकारको आदेश तथा जनस्वास्थ्यकामापदण्ड पालना भए नभएको सम्बन्धमा दैनिकअनुगमनगर्ने र आदेश पालना नगर्ने व्यतिm तथा संस्थालाई कार्वाही गर्ने निकायकिन मौन छ । आदेशको अवज्ञा गर्ने वा आदेश कार्यान्वयनमा बाधा पु¥याउने व्यतिm तथा संस्थालाई कस्तो कारबाही र सजाय भयो जनतालाई थाहा छैन । सरकारले जारी गरेका आदेशहरु जहिले पनि सोझा, गरीब र निमुखा जनताले मात्र आदेश मान्नुपर्ने हो ?प्रश्नचिन्हखडा भएको छ ।
अहिले दाङमादिनप्रति दिन कोरोना संक्रमणको संख्याबढिरहेको छ । विशेष गरी दाङको तुल्सिपुर कोरोनाको हटस्पट नै बनेको छ । बजारमामानिसहरुको भिडभाड छ । मानिसहरु निर्धक्कका साथहिडिरहेका छन । जनस्वास्थ्यकामापदण्ड पालना भएको छैन् । नागरिकहरु अनुशासित छैनन् । कोरोना केही पनि होईन भन्ने अतिवादीसोच हावी भएको छ । बेलझुण्डीस्थित कोरोना अस्पताल भरिएको छ । संक्रमितबिरामीलाई राख्ने ठाउँ छैन् । अस्पतालहरुमाअक्सिजनको सिलिन्डर र स्लाइनपानीको समस्या देखिएको छ । कोरोनाअस्पतालबाहेक जिल्लास्थित अन्य हस्पिटलहरु प्याक छन् ।बजारहरु निर्वाध रुपमा सञ्चालनमा छन । स्रोत साधनको अभावले स्वास्थ्यकर्मीहरु तनावमाकाम गरिरहेका छन । स्वाब परिक्षण गर्न पनि भिडभाडमा यातायातचढेर घोराहीस्थित स्वास्थ्यविज्ञानप्रयोगशालामाजानुपर्ने बाध्यता छ । कोभिड १९ को रोकथाम, नियन्त्रण, उपचार र अनुगमनका लागि स्थानीयतहले आवश्यकता अनुसार आफ्नो स्थानीयतहभित्रस्वाब संकलन गर्ने व्यवस्था मिलाउने साथै एन्टिजेन परीक्षण गर्ने व्यवस्था मिलाउने भनेर आदेशमा स्पष्ट भनेको छ । तर स्थानीय सरकारलेअहिलेसम्म स्वाब संकलनको व्यवस्था नै गरेको छैन् । अवस्था दिनदिनै नाजुक ह्ुदैछ तर स्थानीय सरकारको काम गर्ने शैली र व्यवस्थापनकछुवाको तालमा छ । तुल्सिपुरमा कोरोनाको भयावहस्थिति छ ।
कोरोना महामारीको अन्त्य भएको थिएन । यो एक वर्षको अवधिमाबीचको ५–६ महिनामा कोरोना संक्रमण संख्यामाकमीआएको थियो । तर हामीले यो ६ महिनाको अवधिमापुर्वतयारी नै गर्न सकेनौ । अस्पतालको स्तर वृद्धि, भौतिक पुर्वाधार, दक्षजनशतिm, स्वास्थ्य समाग्री खरीदलगाएतका अन्य कोभिडसँग सम्बन्धित अत्यावश्यक सामाग्रीको व्यवस्था गर्न चुक्यौ । कोरोना केही पनि होईन भन्ने मानसिकताको परिणामस्वरुपअहिले हाहाकारको अवस्था सृजना भएको छ । अब यो गल्ति सरकारले गर्नुहुँदैन । सरकार लगाएत अन्य राजनीतिकदलहरुले जनताको जीवन रक्षासँग सम्बन्धित स्वास्थ्य क्षेत्रमालापर्वाही गर्नुहुँदैन । यो रोगले कुनै व्यतिm वा पार्टी चिन्दैन । अझै पनि स्थितिलाई नियन्त्रण गर्न सकिन्छ । स्थानीय सरकारले द्रुत गतिमा तयारी गर्नुपर्दछ । राजनीतिकदललगाएत सरोकारवालाहरु व्यतिm स्वार्थहरु त्यागेर जनताको जीवन रक्षाको लागि एकजुट भएर काम गरौं । कारोना नियन्त्रण गर्न सकिन्छ । .
राप्तिप्रादेशिकअस्पताललाई पनि कोरोना अस्पतालबनाउनुपर्दछ । बेलझुण्डीस्थित कोरोना अस्पतालको स्तर वृद्धि गर्नुपर्ने देखिन्छ । कोरोना बाहेक अन्य चेकजाँचको लागि नीजिअस्पतालहरुसँग सहकार्य गरेर सस्तो र सर्वसुलभ रुपमा उपचार गर्न स्थानीय सरकारले तुरुन्त निर्णय गर्नुपर्दछ । स्वाबकलेक्शनको व्यवस्था तुल्सिपुरमा नै राप्तिप्रादेशिकअस्पताल वा अन्य नीजिअस्पतालहरु गर्नुपर्दछ । पन्ध्र बेडसम्मक्षमता भएका सरकरी, सामुदायिक, गैरसरकारी र निजीअस्पतालसँग संक्रमित तुरुन्त सम्झौता गर्न जरुरी छ । कन्टयाक्ट ट्रेसिङ र खोपको व्यवस्था छिटोभन्दा छिटो गर्नुपर्दछ ।
स्थानीय सरकार र सरोकारवाला समयमा नै सचेत भएर नियन्त्रणको उपाय खोज्नु जरुरी छ । कोरोना संक्रमणको चेनलाई ब्रेक गर्न केही समय लकडाउन गर्नुपर्दछ। लकडाउननिश्चय पनि कठिन हुन्छ तर यो भन्दा अरु विकल्प पनि छैन । लकडाउनलाई संक्रमण नियन्त्रण गर्न र कोभिड अस्पताललाई चाहिने अतिआवश्यक स्रोत साधनको व्यवस्था गर्ने अवसरको रुपमा प्रयोग गर्नुपर्दछ । लकडाउनको अवधिमाकोभिड अस्पताललाई चाहिने आवश्यक औषधि, अक्सिजनसिलिन्डर, स्लाइनपानी, वेड, आइसियु र भेन्टिलेटर साथै दक्षजनशतिmथप गर्न सकिन्छ ।स्थानीय सरकारले हुँदाखानेहरुको व्यवस्थापन गर्नुपर्दछ । सरकार आफै र हुने खानेहरुबाट सहयोग संकलन गरेर भए पनि हुँदाखानेहरुको व्यवस्थापन गर्नुपर्दछ । स्थानीय सरकार आफ्ना नागरिकहरुकोजिउज्यानको रक्षा गर्नका लागि विकासका बजेट कटौती गरेरभएपनिअस्पताललाई चाहिनेृ स्वास्थ्य सामाग्रीहरुको व्यवस्था गर्नुपर्दछ । सबैभन्दा ठुलो कुरा नागरिकहरुकोज्यान हो । नागरिकहरुको ज्यान जोगाउन सरकारले जुनसुकै कदम पनि चाल्नुपर्दछ ।लकडाउनको समयमा हुने कालाबजारी नियन्त्रण गर्नु पनि स्थानीयसरकारको जिम्मेवारी र दायित्व हो । स्थानीय सरकारसँग लकडाउन गरेर नागरिकहरुको ज्यान बचाउनेभन्दा अरुविकल्प छैन ।नागरिकहरु स्वास्थ्यप्रति सचेत भएर सरकारलाई सहयोग गरौं । स्थानीय सरकार रप्रमुखजिल्ला अधिकारीले समयमा निर्णय गरौं । मौका आउँछपर्खदैन बगेको खोलाफर्कदैन । चेतना भया ।
(लेखक गोरखा स्कुल तुलसीपुरका प्रिन्सीपल हुन् )