NEW YEAR 2078 – GREETINGS
          


रोल्पा
१५-वैशाख/ रोल्पाको त्रिवेणी गाउँपालिका २ मा भिषण आगलागी भएको छ । वडाको नुवावाङ, धनवाङ, बर्तिवाङ, रामपुर लगाएतका मानव बस्तीमा आगलागी भएको हो । जंगलमा लागेको आगो मंगलबार दिउँसो मानव बस्तीमा फैलिदा वडाको अधिकांस मानव बस्तीमा आगलागी हुदा ४० घरगोठ जलेर नष्ट भएको गाउँपालिकाका अध्यक्ष सन्त बहादुर वलीले जानकारी दिए ।

उनका अनुसार आगलागीबाट २१ वटा घर र १९ वटा गोठ गरी ४० घरगोठ जलेर नष्ट भएका छन् । जंगलमा लागेको आगो स्थानियहरुले सोमबारदेखि नियन्त्रणमा लिने प्रयास गरेपनि मंगलबार हावाहुरीको तिव्र गतिका कारण मानव बस्तीमा पस्दा घरगोठ जलेर नष्ट हुनुको साथै दर्जन बढि पशुचौपाया समेत मरेको अध्यक्ष वलीले बताए ।

दिउँसोको समय भएकाले मानवीय क्षति नभएपनि पशुचौपाया र धनमालको क्षति भएको छ । घटनाको सम्पुर्ण विवरण तयार हुन बाँकी रहेको उनले बताए । आगो अझै पुर्ण रुपमा नियन्त्रणमा आएको छैन र नियन्त्रणमा लिनका लागी स्थानिय, सुरक्षाकर्मी र जनप्रतनिधिहरु खटिएको उनले जानकारी दिए । आगलागी पिडितहरुलाई सुरक्षित ठाउँमा सारिएको र तत्काल व्यवस्थापनको लागी तयारी भईरहेको अध्यक्ष वलीले बताए ।

प्रतिकृया

प्रतिकृया