NEW YEAR 2078 – GREETINGS
          


तुलसीपुर
२१-वैशाख/ मंगलबार तुलसीपुरको अरणीको मैदानमा ४० जनाको मात्रै स्वाब संकलन गरिएको छ । बढ्दो भीडभाडले कोरोना संक्रमण हुन सक्ने कुरालाई मध्येनजर गरि ४० जनाको मात्रै स्वाब संकलन गरिएको तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ स्थित मेट्रो सिटी पोलिक्लिनिक प्रालिले सोमबार मात्रै १६३ जनाको स्वाब संकलन गरेको थियो, भने पहिलो दिन ७८ जनाको स्वाब संकलन गरेको थियो । अबको केही दिन सीमित मात्रामा मात्रै सवाब संकलन गर्ने प्रालिका सञ्चालक बसन्त योगीले बताए ।

घोराहीको विएस डाईगोष्टिक सेन्टर र नेपालगञ्जको बागेश्वरी डाइग्नोष्टिक एण्ड पोलिक्लिनिकको सहकार्यमा तुलसीपुरमै स्वाब संकलन सुरु गरिएको हो । उनका अनुसार तुलसीपुरको अरणीको मैदानमा विहान ८ बजेदेखि १० बजेसम्म स्वाब संकलन गरिनेछ । स्वाब संकलनदेखि परीक्षण गरेको शूल्क २ हजार लाग्ने उनले बताए ।

साथै घरमै गएर पनि स्वाब संकलन गर्न सकिने र त्यसकालागि थप एकहजार शूल्क लाग्ने योगीको भनाई छ । कोरोनासंग लक्षण देखिएका विरामीहरुलाई थप सहजताकालागि यस्तो व्यबस्था मिलाईएको उनको भनाई छ । अब स्वाब संकलनकालागि घोराही जानुपर्ने अबस्थाको अन्त्य हुने उनले बताए । आइतबार देखि यो सेवा सुरु भएको हो । स्वाब संकलन गरेको २४ घण्टामा रिपोर्ट आई पुग्नेछ ।

प्रतिकृया

प्रतिकृया