NEW YEAR 2078 – GREETINGS
          


निमुसंगम घर्ती, घोराही
२१-बैशाख/ कोरोना संक्रमित भई जटिल अबस्थामा रहेका बिरामीहरुलाई अहिले दाङमा बायुप्राण अर्थात अक्सिजनको चरम अभाब छ । स्वासप्रस्वासमा जटिल समस्या आएका थुप्रै विरामीहरु अहिले अस्पतालका बेड र अक्सिजनको खोजीमा छन् । अस्पतालमा भर्ना भएका बिरामीहरुले प्रयाप्त मात्रामा अक्सिजन नपाउदा ज्यान नै संकटमा छ ।

जनतन जोहो गरेर क्षणिक समयका लागि अक्सिजनको व्यवस्था हुदै आएपनि दिर्घकालिन समस्या समाधानमा कसैको ध्यान जान सकेको छैन् । दाङ मै करोडौँ रुपैयाँको लगानीमा २०७२/७३ सालमा अक्सिजन उद्योग खुलेको थियो । उक्त उद्योग अहिले चालु अबस्थामै छ तर भरपर्दो विद्युत नहुदा यो संकटमा उद्योगले प्रयाप्त मात्रामा अक्सिजन उत्पादन गर्न सकेको छैन् । घोराही उपमहानगरपालिका ३ झिङनीमा रहेको दाङ अक्सिजन उद्योग प्राली छ ।

उद्योगले दैनिक २ सय वटा सिलिण्डर अक्सिजन भर्न सक्ने क्षमता रहेको उद्योगका म्यानेजर भरत पौडेलले बताए । विद्युत नियमित भए अहिले पनि दैनिक एक सय ५० वटा सिलिण्डर भर्न सक्ने उनको भनाई छ । विद्युत नियमित र भरपर्दो बनाउन सके हामीले यो संकटको सामना सहजै गर्न सक्छौ र विरामीको ज्यान बचाउन सकिन्छ म्यानेजर पौडेलले भने, उद्योगका लागि छुट्टै फिडरको व्यवस्था भए चौविसै घण्टा अक्सिजन उत्पादन गर्न सक्छौ

र संकटमा नागरिकको ज्यान बचाउन सकिन्छ । पछिल्ला केही दिन यता विद्युत लाईन डिष्टर्ब छ । यसले गर्दा पनि उत्पादनमा समस्या आएको छ म्यानेजर पौडेलले बताए । विजुली अनियमित हुदा अक्सिजन उत्पादनमा समेत ठूलो असर पारेको छ उनले भने, यस तर्फ सरोकारवालाहरुले तत्काल ध्यान दिएर २४ घण्टा लाईनको व्यवस्था गरे यो संकटलाई टार्न सक्छौ । कोरोना संक्रमित विरामीनहरुका लागि जिल्लामा दैनिक एक हजार अक्सिजन आवश्यक पर्ने भएपनि अहिले दैनिक चार सय अक्सिजन सिलिण्डर अपुग हुने गरेको छ ।

प्रतिकृया

प्रतिकृया