NEW YEAR 2078 – GREETINGS
          


तुलसीपुर
२१-वैशाख/ दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ स्याउली बजारमा मृत भेटिएका तीन वालकको पोष्टमार्टम रिपोर्ट अझै सार्वजनिक भएको छैन ।ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक झलक शर्माका अनुसार मंगलबार दिउसो १२ बजेसम्म पनि पोष्टमार्टम रिपोर्ट सार्वजनिक भएको छैन । अनुसन्धानकालागि प्रहरीले त्यही पोष्टमार्टम रिपोर्टको पर्खिरहेको छ ।

ति वालकहरुको सोमबार साँझ पोष्टमार्टम गरिएको भएपनि रिपोर्ट सार्वजनिक नहुँदा अनुसन्धान अघि बढ्न नसकेको प्रहरी निरीक्षक शर्माले बताए । घटना गम्भीर प्रकृतिको भएकोले लुम्बिनी प्रादेशिक अस्पतालका डाक्टरलाइ बोलाएर पोष्टमार्टम गरिएको हो । पोष्टमार्टम रिपोर्ट आउन अझै केही दिन लाग्न सक्ने प्रहरीले बताएको छ ।

घटनाबारे सत्यतथ्य पत्ता लगाउने दौडमै रहेको शर्माको भनाई छ । साथै अहिले ति बालकका शरिरका अंगहरु गायब पारिएको भनि बजारमा हल्ला भएको भन्दै बच्चाहरुका कुनै पनि अंग गायब नभएको बताए । त्यो हल्ला मात्रै भएको उनको भनाई छ । ‘कुनै पनि अंग गायव भएका छैनन्, यस्तो भ्रममा नपर्न अनुरोध गर्छु ।’

जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरीक्षक गणेश चन्दका अनुसार यो घटनाको अनुसन्धान गर्ने जिम्मा ईप्रका तुलसीपुरलाई दिइएको बताए । ‘अझै पोष्टमार्टम रिपोर्ट आएको छैन्,रिपोर्ट आउन अझै केही दिन लाग्न सक्छ’, उनले भने‘ यो घटनाको अनुसन्धान गर्ने जिम्मा सबै इप्रका तुलसीपुरलाई दिइएको छ ।’

अहिले गाडी धनी यादव गैरे र चालक पदमबहादुर बस्नेतलाई म्याद थप गरेर अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ । माघ १ गतेदेखि घर अगाडी पार्किङ गरेर राखेको भारतीय नम्बर प्लेटको आरजे सीसी ०८८५ नम्बरको गाडीमा तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ गाइडहर बस्ने भीमबहादुर परियारका १० बर्षीय छोरा सन्देश परियार, सन्तोष परियारका ७ बर्षीय छोरा सुवर्ण परियार र किरण परियारका ७ बर्षीय छोरा करण परियार मृत भेटिएका थिए ।

उनीहरुका परिवारले सत्यतथ्य छानविन नहुँदासम्म शव नबुझ्ने अडान राखेका छन् ।

प्रतिकृया

प्रतिकृया