NEW YEAR 2078 – GREETINGS
          


जयन्ती चौधरी, तुलसीपुर
२१-वैशाख/ जिल्लामा अक्सिजनको हाहाकार भएको बेला तुलसीपुर स्थित राप्ती प्रादेशिक अस्पताल तुलसलीपुर अक्सिजन प्लान्ट विग्रिएर थन्काईएको छ । विगत तीन महिनादेखि अक्सिजन प्लान्ट बिग्रिएको अस्पतालका कर्मचारी जीवन खड्काले बताए । विग्रिएपनि मर्मत गर्न तर्फ कसैको पनि ध्यान गएको छैन ।

उक्त अक्सिजन प्लान्ट निर्माण भएपछि मात्रै दैनिक ४/५ वटा सिलिण्डर उत्पादन गर्न सकिन्छ, यसले अस्पतालमा आउने विरामीलाई प्रयाप्त हुन्छ । तर, मर्मत गर्न तर्फ ध्यान नदिदा विरामीले शास्ती भोग्नु परेको खड्काले बताए ।“आईतबार एकजना विरामी आउनु भएको थियो, उहाँलाई अक्सिजन आबश्यक परेको थियो”, उलने भने“तर, अक्सिजन नहुँदा सोही विरामीलाई निकै गाह्रो परेको थियो, अस्पतालमै अक्सिजन प्लान्ट भएपनि मर्मत गर्न तर्फ ध्यान नदिदा यस्तो समस्या छ ।”  अक्सिजन प्लान्ट विग्रिएपछि विरामीले निकै सास्ती खेप्नु परेको छ ।

बिग्रिएको अक्सिजन प्लान्ट मर्मतकालागि आफूहरुले पहल गरिरहेको अस्पताल विकास समितिका अध्यक्ष पदम न्यौपानेले बताए ।“हामीले मर्मतकालागि प्राबिधिक बोलाएका छौं”, उलने भने“प्राबिधिक धेरै ठाउँ जानु पर्ने भएकाले पनि होला, प्राबिधिक आउनु भएको छैन ।”

अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा.विनोद सिंहका अनुसार मेसिन काठमाडौं आएको र एक/दुई दिनमा दाङ आईपुग्ने छ। फ्रान्सबाट मेसिन आएकाले सोही अनुसार प्राबिधिकहरु आएर जडान गरेपछि सूचारु हुने उनको भनाई छ ।

अध्यक्ष न्यौपानेको अनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा १०० वटा अक्सिजन उत्पादन गर्न सक्ने क्षमताको अक्सिजन प्लान्टको माग गरिएको छ । दुई/चार दिनमै आउने आस्वासन आएको समेत उनले बताए ।

साथै अक्सिजनको अभाव हँुदा प्रदेश सरकारसंग पनि अक्सिजन पलान्टका लागि माग गरेको उनले बताए । यसअघि लिला गिरी स्वास्थ्य तथा जनसंख्या मन्त्री हुदा माग गरेको भएपनि सरकारका मन्त्रीहरु फेरबदलले गर्दा आफ्नो सुनुवाईमा ढिला भएको उनले बताए । साथै सोमबार मात्रै प्रदेश सरकारलाई १०० वटा अक्सिजन उत्पादन हुने गरि माग पत्र पठाएको बताए ।

प्रतिकृया

प्रतिकृया