देविराम कुसारी,तुलसीपुर
२९ वैशाख/ तुलसीपुरमा रातको समयमा घर अगाडी राखेको गाडी चोरी भएर कपिलबस्तु लगेको अबस्थामा फेला परेको छ । तुलसीपुर उप–महानगरपालिका वडा नं. ५ पुरानो बसपार्कवाट सोमवार राती धनबहादुर बुढाथोकीको घर अगाडी पार्कीङ गरी राखेको लु १ च ४७७८ नम्वरको बोलेरो डबल क्याप गाडी कपिल बस्तु भेटिएको हो ।

उक्त गाडीलाई कपिलवस्तुको शिवपुर जंगलमा व्यवारिसे अवस्थामा फेला परेको सवारी धनी बुढाथोकीले जानकारी दिए । राती करिब १० बजेतिर चोरले विपि चोक हुदै घोराही चोक तिर लगेको प्रहरीको सिसि क्यामरामा देखिएको थियो । चोरले गाडीमा क्षेती गरेको वा नगरेको अहिले नै भन्न नसकिने उनले बताए ।

प्रतिकृया

प्रतिकृया