दशै / तिहार एंम छठ पर्बको शुभकामना

 


 

रमा नेपाली
आजको दिनसम्म साथ दिनुभयो, यसको लागि तपाईं सम्पूर्णमा आभार ।


    दशै / तिहार एंम छठ पर्बको शुभकामना
         



तपाईंहरुको साथ सहयोगले नै १३ दिनसम्म बुवालाई अस्पतालमा राख्न सफल भए तर, सपनाहरु भने बिफल भए । यो समयको दोष हो या तपाईंको भाग्य या अरु के भनौ बुवा ?

तपाईंको लागि बोल्न म संग कुनै शब्द छैन् ।
सायद यो संसारभन्दा त्यो संसार नै प्यारो हुन्छ होला र त मान्छे गएपछि फर्केर आउदैनन् । मेरो बुवा सरि । मलाई हजार चोटी लिन आईज नानी भन्नुभयो । तपाईंलाई ठिक बनाउने आशामा गुमाउन पुगे । घर फिर्ता लिन सकिन ।

 


      दशै / तिहार एंम छठ पर्बको शुभकामना


 

तपाईंसंगै गए हाम्रा खुशीहरु । अब हामीसंग को नै छ र ? के नै बाकी छ र ? तपाईं नै हाम्रो सर्वश्व हुनुहुन्थ्यो । बहिनीहरु र मम्मीको आँखामा आँशु हेर्न सक्दिन बुवा । के सोचेको जिन्दगी के भयो आज ।

बुवा, जति दिन अस्पतालमा बस्नु भयो यो समय अबधीभरमा खटेर मेरो बुवाको सेवामा आवद्ध तपाईंसंगै सम्पुर्ण अस्पताल टिमलाई धन्यवाद ।

भन्दैन्, भन्दा भन्दै पनि भन्न मन लाग्यो, मनले मानेन ।
पीडा जस्ले भोग्यो उसलाई मात्र थाहा हुन्छ । दुःख पीडा सबैलाई परेको छ तर मेरो जस्तै पीडा अरु कसैलाई नहोस् । मैले मम्मीलाइ जवाफ दिन सकिन बुवा अक्सिजन नपाएर मर्नु भयो भनेर । गत बैशाख २२ गते साझ ५ बजे जसोतसो बुवालाई बेलझुण्डी अस्पतालमा राखियो ।

करिब तीन दिनको एचडियुको बसाई पछि आईसियुमा राखेर उपचार भईरहेको थियो । बुवाको अवस्था नाजुक नै भएपनि केही आशा र सम्भावनाहरु रहेको डाक्टरले बताएका थिए । केही मात्रामा सुधारपनी भएको थियो । अब सञ्चो होला र घर ल्याउछौ भन्ने बेलामा बुवाको मृत्युको खबरले मरेतुल्य बनायो ।

बुवाले रोटी खान मन छ भनेपछि मैले घरबाट रोटी, दाल र मासु बनाएर लगेको थिए । तर रोटि लगेको टिफिन खोल्ने शक्ति सायद बुवामा थिएन । मैले जसरी घर बाट टिफिन प्लाष्टिकमा बाधेर लगेको थिए त्यो टिफिन जस्ताको त्यस्तै फिर्ता लिए । अर्थात बुवाले खोल्नु भएको थिएन । जहाँसम्म लाग्छ उहाँले खोल्न सक्नु भएन ।

जब बुवाको दाहसंस्कार सकियो टिफिन खोलेर हेर्दा रोटी तरकारी कुहिएर गन्ध आउने भएको थियो। कम्तिमा त्यो टिफिन खोलेर कसैले ‘ल, खा’ भनेर दिन्थ्यो भने त्यो रोटी खानु हुन्थ्यो होला । यहि कुरा जिन्दगीभर खड्किने भयो बुवा।

१३ दिन सम्म के खानु भयो ? के खानु भएन थाहा छैन् । आफ्नो आँखाले देखिएन् । नखाएरै थलिनुभयो ।

सबैलाई थाहा छ कि यो समयमा पौष्टिक आहारले नै शरीरलाई सक्रिय बनाउने हो, तर खाना नै नखाएपछी मान्छे कसरी एक्टिभ हुन सक्छ? घरमा सबैले कर गरेर जबर्जस्त खुवाउदा त थोरै खाने मान्छेले अस्पताल भित्र एक्लै कसरी खान्छ ? त्यस्मा पनि मेरो बुवा जस्तो जो आईसियुमा बसेको छ । जस्ले सास फेर्न, बोल्न, कसैलाई बोलाउन, आफै खान सक्दैन उस्ले कसरी आफै टिफिन खोलेर खान्छ?

कम्तीमा परिवारको एउटा मान्छे बिरामीसंगै हुन पाईन्थ्यो भने सायद आत्मबल बढाउने र खाना खुवाउन, बाच्नको लागि खानुपर्छ भनेर जोड गरिन्थ्यो, फकाएर खुवाईन्थ्यो ।

कस्लाई कस्को के मतलब? कतिपय क्षण एक्लोपनले खायो होला, कतिपय छट्पटाहट्ले पिरोलेको हुदो हो बुवा । कति सम्झिनु भयो होला कति तड्पिनु भयो होला । कति भन्न मन लागेको कुराहरु थिए होला । सरि बुवा, सरि । केही गर्न सकिन भेट्न सकिन । लिन आ भन्नू भयो मैले तपाईंलाई घर लिन सकिन ।

तपाईंको ईच्छा पूरा गर्न सकिन । तपाईं कै लागि यति गरे तपाईंलाई बचाउन सकिन । मेरो मम्मिको जिन्दगी फेरिदिनुभयो बुवा ।

बोल्दैन् भनिरहदा पीडा एक पछी अर्को थपिदै मनमा अनेक प्रश्नहरु तेर्सिन्छन् । समय यस्तै छ म पनि बुझ्न सक्छु तर खाना, पानी खान नपाएरै आफ्नो बाबुको मृत्यु भयो भन्ने महशुस हुन थाल्यो अहिले । पछुतोले पिरोल्न थाल्यो । बचाउन नै लगेको थिए सकिन बुवा ।

मैले अस्पताल लगेर छोडेका बुवा घर नफर्केपछी मम्मीले कता लगिस बुवालाई घर किन फर्काईनस ? भन्दा म संग कुनै जवाफ छैन् । सञ्चो हुने आसमा १२ दिन अनुहार नहेरी उपचार गराई रहदा धेरै आशाा, थोरै निराशाहरु थिए । १३ दिनमा पनि अनुहार नदेखी बिदाई गर्नुप¥यो । यो भन्दा बढी पीडा सहन सक्ने क्षमता सायद कम नै छ म मा । बाध्यताले लाचार भएर हेर्नू भन्दा अरु केही गर्न सकिएन क्षमा प्रार्थी छु बुवा ।

मान्छे जन्मे पछि एकदिन मर्नु नै छ । फरक यति हो ढिलो चाडो मात्र तर बुवा तपाईंले छिट्टै छोडेर जानुभयो । यति दुःख गरेर आज यो स्थानमा पु‍¥याउनु भयो । म ऋणी भए बुवा जिन्दगीभर कति सपना र बाचाहरु थिए पूरा गर्नुपर्ने तर सब अधुरा भए । हाम्रो जीवन मधुरो भयो । अलपत्र पारिदिनुभयो हाम्लाई ।

जुन आसा उद्देश्य बोकेर अस्पताल लगे त्यो उद्देश्यलाई पूरा गर्न सकिन । मैले मेरो अभिभावक मेरो मम्मिको जीवनसाथीलाई सधैको लागि गुमाईदिए । जुन अवस्थामा लगे फिर्ता लिन सकिन सरि मम्मी । म मन बुझाउन सक्छु तर मम्मी र ५ बर्षको बहिनीलाई कसरी सम्झाउ ? जस्ले बुवालाई खोजिरहन्छे ।

आफ्नो मान्छे आफैसंग होस सबैलाई लाग्छ तर तपाईं टाढा हुनुभयो हाम्रो खुशी सकियो । तपाईं संगै गए तपाईंका र हाम्रा सपना । हामी रित्तियौ बुवा तपाईं बिना ।

बुवा सरि तपाईंको नुहाउने हातमुख धुने र घर आएर खाना खान्छु भनेको केही कुरा पूरा गर्न सकिन् । दुःख पाउनु भयो । तपाईंको लागि केही गर्न सकिएन् । तपाईं जहाँ हुनुहुन्छ जस्तो अवस्थामा हुनुहुन्छ सधै खुशी र सुखी रहनु । हामी एक्लो भयौ बुवा तपाई बिना । सम्झना भन्दा बाकी केही रहेन हामी संग । हरेकपल याद आउँछ बुवा मिस यु ।

(साभार : रमा नेपालीको फेसबुक बाट । नेपालीका वुवाको ५५ बर्षको उमेरमा कोरोनाबाट बेलझुण्डी अस्पतालमा उपचारको क्रममा केही दिन अघि निधन भएको हो )

प्रतिकृया

प्रतिकृया


      दशै / तिहार एंम छठ पर्बको शुभकामना