दीपक बोहरा, तुलसीपुर
१७-जेठ/ जनप्रतिनिधि हरेक हिसाबले सक्षम र क्षमतावान हुन्छन्, भन्ने कुरा आम बुझाई छ । सरकार हाँक्न पुगेका जनप्रतिनिधिहरु आफैमा आम नागरिकलाई शिक्षा दिने व्यक्ती हुन् । तर, सोमबार दाङमा भएको राष्ट्रियसभा निर्वाचनमा जनप्रतिनिधिको केही मत बदर भएको छन् । लुम्बिनी प्रदेशसभाका एक ‘माननीय’ को मत बदर भएको छ । स्थानीय तहतर्फ जम्मा मत संख्या २१७ हो ।


                                                                         बिज्ञापन
   



त्यसमध्ये ३ जना सहभागी भएनन् । प्रदेश निर्वाचन आयोगले भन्छ‘जम्मा खसेको मत २१४’ । त्यस मध्ये एउटा बदर भएको देखाएको छ, भने एमालेका चन्द्रबहादुर खड्कालाई ९४ र गठबन्धनका दृगनारायण पाण्डेलाई ११८ मत परेको छ । यी दुबैले प्राप्त गरेको सदर मत २१२ हुन आउछ ।

यसमा बदर भएको मत जोड्दा २१३ हुन्छ । बाँकी अर्को मत लुम्बिनी प्रदेश निर्वाचन आयोगले नखुलाएपछि एउटा मत कहाँ गयो भनी सोध्दा, आयोगका सूचना अधिकारी गेहेन्द्र कुँवरले भने“ अर्को एउटा मत पनि बदर छ, त्यसलाई मत परेन भन्दा पनि हुन्छ, मतपत्र हाल्ने ठाउँमा पीसीआर रिपोर्ट हालिदिनु भएछ ।”

दाङ घोराहीको कर्मचारी मिलन केन्द्रमा मतदान हुनुकासाथै सोही स्थानमा मतगणना भएको हो । साढे ३ बजेदेखि सुरु भएको मतगणना कार्य साढे ४ बजेतिर सकिएको थियो ।

प्रतिकृया

प्रतिकृया