NEW YEAR 2078 – GREETINGS
          


घोराही
२१-जेठ/ घोराही उपमहानगरपालिकाले गाउँ गाउँमा निशुल्क कोरोना परिक्षण शिबिर सञ्चालन गरेको छ । उपमहानगरपालिकाको जनस्वास्थ्य प्रबद्र्धन शाखाले नगर भित्रका गाउँ गाउँमा पुगेर निशुल्क कोरोना परिक्षणको शिबिर सञ्चालन गरेको हो । समुदाय स्तरमा कोरोनाको अबस्था पत्ता लगाउने गरि निशुल्क एन्टीजेन परिक्षण थालिएको स्वास्थ्य शाखा प्रमुख नारायणप्रसाद घर्तीले जानकारी दिए । परिक्षण स्थलमै १५ मिनेटमा कोरोना भए नभएको पत्ता लगाउने गरि एन्टीजेन परिक्षणलाई समुदाय स्तरमा लगिएको उनको भनाई छ ।

घोराही उपमहानगरपालिकाले स्वास्थ्यकर्मी सहितको टोलीलाई गाउँ गाउँमा खटाएर परिक्षणलाई शिबिर मार्फत सञ्चालन गरेको छ । कम खर्चिलो, परिक्षण स्थलमै रिपोर्ट आउने, भरपर्दो, संक्रमितको समय मै उपचार व्यवस्थापन सहज हुने भएकाले समुदाय स्तरमा एन्टीजेन परिक्षणलाई तिब्रता दिईएको नगर प्रमुख नरुलाल चौधरीको भनाई छ । कतिपय बिरामीको पिसिआर जाँच गरेपछि रिपोर्ट आउन ढिला हुदा स्वास्थ्य अवस्था नाजुक र मृत्यु समेत हुने गरेकाले समयमै संक्रमणको पहिचान गर्न यो विधिलाई शिविर मार्फत नगरका वडा वडामा लगिएको नगर प्रमुख चौधरीले बताए ।

नगरका १९ वटै वडामा निशुल्क शिविर सञ्चालन गर्ने गरि नगर अघि बढेको उनको भनाई छ । वडा नम्बर ६ को ५८ जनाको परिक्षणमा एक जनामा र वडा नम्बर १९ मा १६ जनाको परिक्षणमा ७ जनामा कोरोना संक्रमण देखिएको छ । साथै उपमहानगरपालिकाले १९ वटै वडामा रहेका कोरोना संक्रमितको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिने, स्वास्थ्य जाँच गर्ने र परामर्शलाई निरन्तरता दिदै आएको छ । ३ जना सम्मको टोली बनाई संक्रमितको घरघरमा स्वास्थ्यकर्मी परिचालन गरिएको नगर उपप्रमुख सीता सिग्देल न्यौपानेले जानकारी दिइन् ।

संक्रमित भई घरमै बसेकाहरुको मनोबल बनाउने, स्वास्थ्य जाँच गर्ने, औषधी तथा परामर्श दिने गरी १९ वटै वडाका स्वास्थ्यकर्मीहरु घरघरमै पुगेको उनको भनाई छ । संक्रमितहरुलाई भेट्न वडा अध्यक्ष समेत पुग्ने गरेका छन् । आत्मबल उच्च बनाउन र आवश्यक औषधी एवं स्वास्थ्य सजकता अपनाउन आग्रह गर्दै जनप्रतिनिधी र स्वास्थ्यकर्मी पुग्ने गरेका हुन् । कोरोना संक्रमितका अन्य परिवारका सदस्य, संक्रमित भई मृत्यु भएका परिवारका सदस्य र अन्य शंकास्पद व्यक्तिहरुको पनि उपमहानगरले निशुल्क कोरोना परिक्षण गर्ने निर्णय गरेको छ ।

जोखिममा सेवा दिनेको पनि परिक्षण
घोराही उपमहानगरपालिकाले कोरोना महामारीका विचमा सेवा गर्नेहरुको निशुल्क कोरोना परिक्षा गर्ने भएको छ । जस अन्तरगत कोरोना महामारीको बिचमा गरिएको लकडाउनमा अत्यावश्यक पसलहरु सञ्चालन गर्ने व्यवसायी, जोखिम मोलेर सेवामा जुट्ने अटो चालक र नगरका सफाई कर्मचारीहरुको उपमहानगरले निशुल्क कोरोना परिक्षण गर्ने भएको हो । जसका लागि व्यवसायीहरुको कोरोना जाँचका लागि दाङ जिल्ला उद्योग बाणिज्य संघसँग समन्वय गर्ने, अटो चालकहरुले ट्राफिक प्रहरी कार्यालय सँग समन्वय गर्ने निर्णय भएको सरसफाई, वातावरण तथा विपत व्यवस्थापन समितिका संयोजक शक्तिराम डाँगीले जानकारी दिए ।

प्रतिकृया

प्रतिकृया