NEW YEAR 2078 – GREETINGS
          


घोराही
२४-जेठ/ वन मुद्धामा जरिवाना तोकिएका तर फरार रहेका ५ जनालाई दाङ प्रहरीले पक्राउ गरेको छ । २०७४ साल चैत्र १४ गते दाङ देउखुरी जिल्ला अदालतले वन मुद्धामा एक लाख ३८ हजार ९ सय १७ रुपैयाँ ३७ पैसा जरिवाना तोकिएका ५ जनालाई पक्राउ गरेको दाङका प्रहरी नायव उपरिक्षक तथा प्रवक्ता मुकुन्दप्रसाद रिजालले जानकारी दिए ।

पक्राउ पर्नेहरुमा घोराही उपमहानगरपालिका २ निमुरिया निवासी ५४ बर्षिय गिरीराज गिरी, ५३ बर्षिय रामप्रसाद पाण्डे, ५६ बर्षिया सीता देवकोटा, ४४ बर्षिय लालबहादुर चौधरी र ४७ बर्षिय आलोक घिमिरे रहेका छन् । पक्राउ परेकाहरुलाई आवश्यक जरिवाना असुलीका लागि दाङ देउखुरी जिल्ला अदालतमा बुझाईएको समेत प्रवक्ता रिजालले जानकारी दिए ।

प्रतिकृया

प्रतिकृया