NEW YEAR 2078 – GREETINGS
          


डा. भोजराज अधिकारी
विश्वमा करिब ४५ करोड मधुमेहीहरु छन् र करिब अर्को ४५ करोड मधुमेही हुन सक्ने जोखिम नजिक रहेको तथ्याङ्ग देखाउँछ। हाल विश्वमा करिब १७ करोड मानिसहरु कोभिडले प्रभावित छन् र लक्षण नभएका वा हल्का लक्षण भएका व्यक्तिहरुको परीक्षण नहुँदा अर्को करिब १७ करोड कोभिड लागेका तर निदान नभएका हुन सक्छन। त्यसैले विश्वको ठूलो संख्याका मधुमेहीहरुमा कोभिड देखिएको स्पष्ट हुन्छ।

मधुमेह हुनेलाई कोभिड लाग्ने खतरा बढी हुन्छ भनेर वैज्ञानिक तथ्यले प्रमाणित गरिसकेको छैन कोभिडले प्यानक्रियाज लगायत शरिरको मेटाबोलिज्मलाई असर गरेर मधुमेह शुरु हुन्छ भन्ने तथ्य पनि प्रमाणित छैन। मधुमेहीमा कोभिड संक्रमण भएमा छिटो लक्षणयुक्त हुने, अवस्था बिग्रने, खतराको संकेत प्रस्ट देखिने र मृत्यु समेत बढि हुने हुन्छ। समग्रमा कोभिड संक्रमितहरुको मृत्यु १ प्रतिशतभन्दा कम हुने गरेकोमा मधुमेही कोभिडमा मृत्युदर करिब ८ प्रतिशत देखिन्छ।

यो जोखिम मुटुरोग, उच्च रक्तचाप, मिर्गौला रोग र पहिले नै फोक्सो सम्बन्धी दीर्घ रोगीहरुमा मधुमेह पनि भएमा बढि देखिन्छ। मधुमेहका कारण पहिल नै मिर्गौला छोएका, प्यारलाइसिस भएका, एन्जियोप्लास्टी वा मुटुको वाइपास सर्जरी गरेकाहरुमा कोभिड हुँदा अवस्था अझ भयानक हुन सक्छ। मधुमेहको कारण शरिरको कोषिकाहरुमा सुक्ष्म सुजन भइरहेका्े हुन्छ र भाइरसले पनि प्रभावित हुँदा कोषिकाहरुमा त्यसरीनै आक्रमण गर्ने हुनाले सम्बन्धित अंग छिटो खराब हुन्छ। मधुमेहको रगतका नलिहरु र स्नायु प्रणालीमा हुने प्रभावले कोभिडका केही लक्षणहरुलाई बिरामीले शुरुमा थाहा नपाउने, नजरअन्दाज गर्ने वा मधुमेहकै लक्षण सम्झेर भ्रम पर्ने पनि हुन सक्छ।

लकडाउनको कारण घरमा बसिरहँदा खाना र खाजाको मात्र बढ्ने ९करिब २० प्रतिशत बढी कार्बोहाइडे«ट खाइने० तर सो को अनुपातमा बाहिर निस्कन नमिल्ने हुनाले नियमित कसरत र हिँडाइ करिब ४० प्रतिशतका दरले घटेको तथ्यहरुले देखाएका छन। यसले रगतमा ग्लुकोज अनियन्त्रित रुपमा बढ्छ र विषेश गरी खाएपछिको सुगर बढी हुन्छ जुन मुटु र रक्तनलिलाइ बढी घातक मानिन्छ। हाम्रो जस्तो मुलुकमा इन्सुलिन लगाउन डराउने, लगाउन तयार भए पहिले नै मधुमेहको कारणले आँखा कमजोर भइसकोको हुने वा ज्ञानको कमी हुन्छ। यस्तो अवस्थामा इन्सुलिन लगाइदिने

आफन्त वा नजिकको स्वास्थ्यकर्मीको सहयोग समेत लिने गरेको पाइन्छ तर कोभिडका कारण भैतिक दुरी कायम गर्नुपर्ने हुँदा त्यसरी इन्सुलिन लगाईदिन नमिल्दा रगतमा ग्लुकोज झनै अनियन्त्रीत भएर मधुमेह गम्भिर र जटिल तर्फ जान्छ र कोभिड आक्रमक बन्न थप सहयोग पुग्छ। कोभिडका कारण अस्पतालमा भर्ना भएका मधुमेहीमा छिट्टै ग्लुकोज नियन्त्रण गर्नुपर्ने हुन्छ जुन ट्याबलेटबाट सम्भव हँुदैन कोभिडले कलेजोको इन्जाइमहरु बढाउन सक्ने र गम्भीर हँुदै जाँदा मिर्गौला प्रभावित गर्न सक्ने हुँदा त्यसतो बेला ट्याबलेट औषधि बन्द गर्नुपर्ने हुन्छ।

कोभिडमा प्रयोग हुने स्टेरोइड औषधीले रगतमा ग्लुकोजको मात्र बढाएर रोगको प्रतिरोधात्मक क्षमता कम गरिदिने, भइरहेको मधुमेहीको रगतमा ग्लुकोज बढाइदिने, मधुमेहमा प्रयोग हुने ट्याबलेट औषधिले काम नगर्ने अवस्था ल्याँउछ र रगतको ग्लुकोजको मात्र नियन्त्रण गर्न दिइने इन्सुलिनको आवश्यकता बढेर जान्छ। अस्पतालमा भर्ना हुँदा समेत नियमित सुगर परीक्षण र इन्सुलिनको मात्रा मिलाउन धेरै पटक बिरामीसंग घुलमिल हुन स्वास्थ्यकर्मीलाई समेत अप्ठ्यारो हुने हुनाले रगतमा ग्लुकोजको मात्रा तल माथी भइरहन्छ र यो कोषिकाको लागी घातक मानिन्छ। कोभिडको कारण अत्याधिक तनाव बढ्ने हुँदा तनावकै कारण ग्लुकोजको मात्रा अझ बढ्न जान्छ।

मधुमेह आफैँमा रोग प्रतिरोध क्षमता कमजोर बनाउने अवस्था हो। यसमा कोभिड हुँदा धेरै एन्टिबायोटिकको प्रयोग, लामो अस्पताल बसाइ, ओसिलो र अशुद्ध अक्सिजन प्रयोग हुँदा कालो ढुसीको समेत संक्रमण देखिने र यसमा मृत्युदर उच्च हुन सक्छ। मधुमेही र अन्य व्याक्तिले कोभिडविरुद्धमा लिने होसियारीमा खासै तात्विक अन्तर छैन। खानपिन र जिवनशैलीको तरिका पनि उहि नै हो, मात्र मधुमेहीले लिनुपर्ने थप होसियारी आफ्नो रोग अनुसारको जिवनशौली अपनाउने र खतराका सुचकहरु पहिचान गरी चिकित्सक र स्वास्थ्यकर्मीको निगरानिमा रही रगतमा ग्लुकोजको मात्र नियन्त्रण गर्नुपर्ने हुन्छ। आम जनमानसभन्दा बढी खतरा हुने हुँदा सरकारले मधुमेहीहरुलाई कोभिडविरुद्धको खोपमा प्राथमिकताको सूचीमा राख्नुपर्ने हुन्छ।

(फिजिसियन डा अधिकारी भरतपुर अस्पतालका अध्यक्ष हुन्।) -स्वास्थ्यखबर

प्रतिकृया

प्रतिकृया