NEW YEAR 2078 – GREETINGS
          


दीपक बोहरा, तुलसीपुर
२७-जेठ/ पछिल्लो पटक जेठ २५ र २६ गते लगाईएको कोरोना विरुद्ध भेरोसिल खोप कार्यमा व्यापक गुनासो आएको छ । लक्षित समूहभन्दा बाहिरका व्यक्तीहरुलाई खोप लगाईएपछि व्यबपाक मात्रामा गुनासो आएको हो । देशभरमै खोपमा देखिएको अनियमिताले दाङलाई पनि अछुतो राखेन् । भनसुन र आसेपासेलाई खोप वितरण गरेको व्यापक गुनासो आयो । खोपकै गुनासाले सामाजिक सञ्जाल भरिएका छन् ।

तुलसीपुरमा स्वास्थ्यकर्मीले पहुँचका आधारमा खोप वितरण गरेको गुनासो आउने गरेका छन् ।“चितवन कार्यरत एक डाँक्टरको भनसुनमा उनका वुवाले दाङमा खोप लगाए, तर, एग्रोभेट सञ्चालक समेत रहेका उनी लक्षित बर्गभित्र पर्दैनथे’, एक प्रत्यक्षदर्शीले नाम नबताउने सर्तमा भने“उनले पहुँचको भरमा खोप केन्द्रबाट खोप लिए र नजिकैको एक मेडिकलमा गएर खोप लगाए ।”

यो प्रत्यक्षरुपमा देखिएको एउटा घटना हो । तुलसीपुर मात्रै होईन्, जिल्लाभर यस्तै समस्या रहे । यसमा स्वास्थ्य विभागले पनि अलमल पारेको छ । सुरुमा ६२ देखि ६४ बर्ष उमेर समूहका जेष्ठ नागरिकलाई लक्षित गरि भेरोसिल खोप लगाउन भने मातहतका निकायलाई परिपत्र गरेको थियो, भने सोही अनुसार सूचना जारी गरेको थियो । तर, खोप सुरु हुनु पूर्वसन्ध्यामा पुनः ातहतका निकायलाई अर्को परिपत्र ग¥यो । जसमा ६२ देखि ६४ बर्ष उमेर समूहसंगै पहिलो पटक खोप लगाउन छुटेका स्वास्थ्यकर्मी, चिकित्सा शिक्षाका ईन्टर्न, विद्यार्थी वा ओजेटि गरिरहेका नर्स तथा पारामेडिक्सहरुलाई पनि खोपको लक्षित समूहमा राख्यो ।

त्यसपछि जेष्ठ नागरिक भन्दा स्वास्थ्यकर्मीहरु नै बढि प्राथमिकता जस्तो गरि खोप वितरण गरेको देखियो । जेष्ठ नागरिकले खोप लगाउने अवसर विरलै पाएको तुलसीपुर उपमहानगरपालिकाका कोरोना फोकल पर्सन विमल केसीले बताए । जेष्ठ नागरिकहरुले खोप लगाउन ५/७ घण्टा नै लाईनमा बस्नु प¥यो, तर, स्वास्थ्यकर्मीहले चिनेजानेकाहरुलाई पहिले नै खोप लगाएर पठाउने गरेको गुनासो व्यापक आयो ।

केसीका अनुसार तुलसीपुरमा २२ सय खोप आएको थियो । त्यो खोप वितरण गर्ने जिम्मा राप्ती प्रादेशिक अस्पताललाई थियो । लक्षित समूहका जेष्ठ नागरिक तुलसीपुरमा दुईहजार दुईसय ९ हुन् । ति मध्ये अधिकांस जेष्ठ नागरिक खोप लगाउनबाट बञ्चित भए । “केहीलाई लगाउनु आउनु भएन्, स्वास्थ्यकर्मीहरुले पनि लगाउने भएपछि धेरै जेष्ठ नागरिक छुट्नुभयो”, उनले भने ।

पहिलो चरणमा जिल्लामा आएको खोप लगाउँदा यति विवादित पनि भएको थिएन । त्यतिबेला धेरैले खोप लगाउन चासो पनि दिएनन् । खोप लगाउन बोलाउँदा पनि धेरै जना सहभागि भएनन् । तर, जब दोस्रो चरणको कोरोना महामारी व्यापक रुपमा फैलियो, धेरैको मृत्यु भयो । त्यसपछि खोपको महत्व बढ्यो र अहिले खोपकालागि हानथाप धेरै भएको केसीको भनाई छ । “अहिले खोप थोरै आयो, त्यसमा पनि सबै जना सचेत पनि हुनुहुन्छ, सबैले चासो पनि राख्नु भएको छ ”, उनले भने“ त्यसैले माग धेरै भएको हो, तर, त्यो अनुसार आपूर्ति नहँुदा अलिअलि गुनासाहरु आएका हुन् ।” (फोटो : शरद रेग्मी)

प्रतिकृया

प्रतिकृया