क्षतिज खनाल
नेपालमा संभवत सबैभन्दा द्रुतगतिमा विकसित भएको क्षेत्र भनेको सञ्चार हो । दैनिक करिव हजारौंको संख्यामा नयाँ प्रयोगकर्ता थपिने फेसबुक , युटुब थियो भने पछिल्लो समय टिकटक लगायतका केही नयाँ क्षेत्र तिर नि उत्तिकै आकर्षण बढेको देखिन्छ । धेरै खोजमुलक , कलात्मक र सिर्जनात्मक प्रस्तुती दिन सकिने र जानकारी प्राप्त हुन सक्ने यी बिधाहरुसङ आजकल जोडिएर आउने एउटा शब्द छ ‘भाइरल’ ।
विभिन्न समयमा हुनेगरेका घटनक्रमलाई लिएर आफ्नो मागहरु राख्दै नेपाली युवाहरुले प्रस्तुतिकरण गर्ने ‘भाइरल’ बिषयबस्तु अर्थपूर्ण र समयसापेक्ष छन् । तर पछिल्लो समय बालबालिका र उनीहरुसंग सम्भवित बिषयबस्तु अनावश्यक रुपमा भाइरल बनाउने चलनले बालबालिकाको मनोबिज्ञानिक असरको बारेमा धेरै कमले मात्रै चासो राखेको पाइन्छ जुन एकदमै अपरिहार्य छ ।
प्रेम परियार , अशोक दर्जी, कमला घिमिरे, सचिन परियार जस्ता दर्जनौं नामहरु छन् जस्लाई नेपाली मिडियाले एकैपल्ट रातारात सेलिब्रेटीको ट्याग भिराइदिए । एउटा पढ्ने खेल्ने उमेरमा उनीहरुलाई त यस्तो होस त उस्तो होस भनेर जबर्जस्ति दिइएको उपाधीले उनीहरुको मानसिक बिकासमा नराम्रो असर पार्ने बाल मनोबैज्ञानिकहरु बताउछन् । खान नपाएकोले खान पाउनु, बस्ने ठाउँ नभएकोले घर पाउनु , पढ्नै नजान्नेले राम्रो शिक्षा पाउनु एउटा सकारात्मक पक्ष हो तर नेपाली मिडिया विशेष गरि युटुबरहरुले उनीहरुमा भएको कलालाई प्रतिस्पर्धात्मक बनाउने भन्दा पनि जबर्जस्तिको किसिमले सेलिब्रेटी बनाउनुले भोलिको दिनमा उनीहरुको त्यही प्रकारको जीवनशैली प्राप्त नहुनुले पार्ने मानसिक असरको बारेमा हामिले सोच्न भ्याएनौ , जान नौ कि चाहेनौ ? कुनै बिधामा प्ल्याटफर्म दिनुको अर्थ जबर्जस्ति उचाल्नु होईन ।
नियतबस भ्युज र ट्रेन्डिङ्को लागि पनि उक्त बालबाकिकाको , उनीहरुको क्षमता र पारिवारिक स्थितिको दुरुपयोग गर्नुले निकट भबिस्य र कालान्तरमा के कस्तो समस्या पार्न सक्छ भन्ने कुरामा पनि सम्बन्धित सबैको ध्यान जानु जरुरी छ । ( लेखक जनस्वास्थ्यमा स्नातकोत्तर तहको विद्यार्थी हुन् ।)