NEW YEAR 2078 – GREETINGS
          


मल्टी-सिस्टम इन्फ्लेमेटरी सिन्ड्रोम (एमआइएस-सी) भनेको कोरोना संक्रमित बालबालिकाको मुटु, फोक्सो, मिर्गौला, छाला, आँखाजस्ता अंग सुनिने समस्या हो। यो सामान्यतया कोरोना संक्रमित भएको २ देखि ४ हप्तापछि देखापर्छ।

यसका लक्षणहरु
आँखा रातो हुन
सास फेर्न गाह्रो हुनु
घाँटी दुख्नु
पेट दुख्नु
ज्वरो आउनु
पखला लाग्नु
छाला, ओठ वा नङ निलो हुनु
शरीरमा डाबर आउनु
थकान महसुस हुनु
कोरोना संक्रमित वा संक्रमितसँग सम्पर्कमा आएका बाल बालबालिकाहरुलाई तीन दिनसम्म ज्वरो आएमा र माथि उल्लेखित मध्ये कम्तीमा अन्य कुनै दुई वटा लक्षणहरु देखा परेमा तुरुन्त अस्पताल लैजानु पर्छ।

बालबालिकामा यस्ता लक्षण देखा परे के गर्ने ?
यो समस्या के कारणले देखिन्छ भनेर यकिन भइसकेको छैन। तर यो कोरोना भाइरस संक्रमित वा संक्रमितसँग सम्पर्कमा आएका बालबालिकामा देखिने गरेको छ। त्यसैले यस्तो समस्या आउनै नदिन जनस्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्ने र गराउने गर्नुपर्छ। कोरोना संक्रमणबाट बच्नका लागि मास्क लगाऔं भौतिक दूरी कायम गरौं र बेलाबेलामा साबुनपानीले हात धोऔं।  -स्वास्थ्यखबर

प्रतिकृया

प्रतिकृया