NEW YEAR 2078 – GREETINGS
          


तुलसीपुर
२७-जेठ/ दाङमा पछिल्लामा २४ घण्टामा १३० जनाले कोरोना जितेका छन् । घोराहीका ५१, लमहीका ३८, तुलसीपुर १४, दंगीशरण ७, शान्तिनगर ६, राप्ती र बबई ५/५, गढवा ३ र राजपुरका १ जनाले कोरोनालाई जितेको जिल्ला आपतकालिन सञ्चालन केन्द्रले जनाएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १२० जनामा परिक्षण गर्दा २० महिला र २४ पुरुष गरी ४४ जनामा संक्रमण पुष्टि भएको केन्द्रले बताएको छ ।

त्यस्तै थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा दंगीशरण गाउँपालिका ५ का ७५ वर्षीय पुरुष रहेका छन् । उनको दंगीशरणको आइसोलेसन सेन्टरमा बिहीबार दिउँसो २ बजे मृत्यु भएको थियो । त्यस्तै जिल्लामा कोरोनाका संक्रिय संक्रमितको संख्या ४४६ रहेको छ ।

प्रतिकृया

प्रतिकृया