तुलसीपुर
२८ जेठ / अक्सिजनको चरम अभाब भएको बेला अक्सिजनको जोहो गर्ने पदमप्रसाद पोखरेल‘जेठूकान्छु’को टोली अहिले राहात वितरणमा व्यस्त छ । समयको माग अनुसार आफूहरु सक्रिय हुने जेठूकान्छुले बताए ।“मुलुकमा जस्तो परिस्थिति आउछ्, त्यही अनुसार हामीले काम गर्ने हो, कुनै पनि अक्सिजनको अभाब थियो, अक्सिजनको जोहो गर्न तर्फ लागियो”,उनले भने“ अहिले लामो लकडाउनले धेरै मान्छेहरुको रोजीरोटी खोसिएको छ, दैनिकी चलाउन धौ–धौ भएको छ, उनीहरुलाई राहात दिने कार्य गरिरहेका छौं ।”


                                                                         बिज्ञापन
   



उनीसंगै युवा हिमाल डाँगी, व्यबसायी सुनिल आचार्यपनि त्यतिकै सक्रिय छन् । मुलुक अफ्टेरो परेको बेला युवाहरु सक्रिय भएर लाग्नुपर्ने भन्दै आफूहरु सक्रिय भएको डाँगीले बताए । त्यस्तै आचार्यले अहिलेको आबश्यकता भनेको राहात वितरण रहेको भन्दै यसमा आफूले पनि सक्दो सहयोग गरेको बताए । विहीबार तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ र १३ का ५० जना अतिविपन्न, गरीब, असहाय, एकल महिलालगायत दैनिकी चलाउन धौ–धौ भएकाहरुलाई खाद्यान्न, नुन, तेल, दाल सहयोग गरिएको छ ।

त्यस्तै शुक्रबार तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ र ७ का २१ परिवारलाई सहयोग गरिएको हो । वडा सदस्य युवा करारा तथा टोल विकास संस्थाका पदाधिकारीको सक्रियतामा वडाका दैनिकी चलाउन समस्या भएकाहरुलाई राहत वितरण गरिएको हो । शुक्रबारको कार्यक्रममा प्रतिनिधिसभा सदस्य सुजिता शाक्य पिन सहभागि भएकी थिईन् । यो कार्यक्रम सबै वडा तथा सबै अतिविपन्न वर्गमा पुग्ने जेठूकान्छुले बताए । उनका अनुसार ओरेन्टो मल्टिट्रेड प्रालि काठमाडौंको आयोजना तथा ‘अक्सिजनकालागि मेरो एक हजार अभियानका अभियन्ता पदम पोख्रेल(जेठूकान्छु)को सहकार्यमा उक्त कार्यक्रम भइरहेको छ ।

प्रतिकृया

प्रतिकृया