ओमप्रकाश गुप्ता, भालुवाङ
२९-जेठ/ दाङको लमहीमा आधा दर्जन सवारी साधन माथि तोडफोड भएको छ । शुक्रबार राति अज्ञात समुहले लमहीको बिभिन्न स्थानमा पार्किङ गरि राखेका ति सवारी साधन माथि इट्टा र ढुंगा प्रहार गरि तोडफोड भएको छ ।


                                                                         बिज्ञापन
   



लमही स्थित हाम्रो राम्रो डेकोरेसनको रा १ ख १७५९ नम्बरको मिनी ट्रक, दिलिप जीसीको लु १ ख ९१४९ नम्बरको बस, इन्द्रमणी खनालको भे १ च २८१२ नम्बरको बोलेरो जिप, जैसवाल फलफूल सेन्टरका संचालक सुरेश जैसवालको डिलक्स बसमा तोडफोड गर्दा क्षति पुगेको गरेको वडा प्रहरी कार्यालय लमहीले जानकारी दिएको छ ।

राति १२ देखि १ बजेको बीचमा तोडफोड गरेको हुन सक्ने प्रहरीले बताएको छ । तोडफोडमा संलग्नको खोजी भइरहेको वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक राजन पौडेल बताए ।

प्रतिकृया

प्रतिकृया