दीपक बोहरा, दाङ
५-असार/ दाङको लमही-तुलसीपुर सडक खण्ड, दाङको मुख्य सडक हो । सोही सडक खण्डबीचमा आधादर्जन बढि खोलाहरु पर्छन् । ति मध्ये अधिकांस खोलामा पुल निर्माण भइसकेका छन् । तर, घोराही–तुलसीपुरको बीचमा पर्ने पत्रेखोलामा निर्माण सुरु भएको ७ बर्षसम्म पनि पुुल निर्माणको काम पूरा हुन सकेको छैन् । सोही पुल दुई बर्षमै बनिसक्ने गरि सम्झौता भएको थियो ।


                                                                         बिज्ञापन
   



अहिले त्यो पुल नबन्दा आवतजावतमा निकै समस्या हुने गरेको छ । नियमित बर्षा हुँदा खोलाको बहाब बढ्ने र आवतजावतमा समस्या हुने गर्छ । विहीबार सोही खोलामै पानीको बहाब बढेपछि आवातजावत ठप्प भएको थियो । तुलसीपुरबाट घोराही तर्फ हिडेका सवारीहरु पत्रखोलाबाटै पुनः तुलसीपुर नै फर्किनु परेको थियो, भने घोराहीबाट आएकाहरु घोराही तिरै फर्किनु परेको थियो ।“घोराही जानुपर्ने काम थियो, त्यसैले दिउसो १२ बजेतिर यता(तुलसीपुर)बाट गाडीमा हिडेका थियौं, तर पत्रेखोलामा पानीको बहाब बढेपछि त्यहीबाट यता फर्कियौं”, राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका फार्मेसी फाँट प्रमुख सुलभ अधिकारीले भने ।

कच्वे पनि बिग्रिएको छ । थोरै मात्रै पानीको बहाब बढेपनि त्यहाँ आवतजावतमा निकै समस्या पर्छ । दाङ घोराहीका धनविर नेपाली केही दिन अघि मात्रै मोटरसाईकलमा तुलसीपुर आउँदै थिए । पत्रखोलामा कच्वे विग्रिएको छ, भन्ने उनलाई थाहा भएन्, जब पानीमा बाईक पानीमा हालेका थिए, उनी पल्टिए ।“कच्वे राम्रै होला भन्ने थियो र बाईक हालेँ”, उनले भने“ तर, कच्वे राम्रो रहेनछन्, झन्न केही भएन ।” लमही–तुलसीपुर यात्राको मुख्य अबरोध नै पत्रेखोला बन्ने गरेको छ । सडकबीचमा पर्ने ग्वारखोला, गुज्रे खोला, सक्राम, कटुवा, खोला, सिस्ने र बबईमा पुल निर्माण भएका थिए । तर, पत्रे खोलामा ७ बर्ष बित्दा पनि पुल निर्माणको काम हुन सकेको छैन ।

२ बर्षको सम्झौता, ७ बर्षमा पनि ल्याङ्ल्याङ
पत्रेखोला पुल आर्थिक बर्ष २०७१/०७२ मा सम्झौता भएर सुरु भएको हो । संकरमाली निर्माण सेवाले निर्माणको जिम्मा पाएको उक्त पुल निर्माणको काम सुरु भएको अहिले ७ बर्ष पुग्यो । तर, अझै पनि काम पूरा हुन सकेको छैन ।“लगभग–लगभग अन्तिम चरणमा पुगेको छ, अब पुल बनाईसकेपछि तान्ने काम हुन्छ, त्यही तान्ने काम बाँकी छ”, सडक डिभिजन कार्यालय दाङका सूचना अधिकारी अमीर सुवेदीले भने“ ठेकेदार पुल तान्ने मेसिन ल्याउन रुकुम जानु भएको हो, बीचमा पहिरोले गर्दा रोकिनु भएको छ, सायद आज(शुक्रबार) आउँछ, होला, त्यो आयो भने २/४ दिनमा पुल तानेर सकिन्छ ।” पुल तानिसकेपछि माटो ‘फिलिङ्’ गर्ने काम हुने भन्दै ठेकेदारले चाहेमा अबको एक महिनामै काम सकिने बताए ।

२०७१ देखि सुरु भएपनि त्यतिबेलाको पुलको डिजाईन नमिलेको भन्दै पुनः डिजाईन गर्नुपर्ने भएपछि २०७३ सालमा काम रोकिएको थियो । त्यतिबेला खोलामा दुई वटा पिल्लर उठाईएको थियो । पुलको बिम र सल्याबको डिजाईन नमिलेको भन्दै काम रोकिएको थियो । त्यतिबेला देखि रोकिएको काम करिब ४ बर्षपनि सूचारु हुन सकेन् । सडक डिभिजन कार्यालय र ठेकेदार कम्पनीका आ–आफ्नै दम्भका कारण समयमै पुलको नयाँ डिजाइन हुन सकेन ।

नयाँ डिजाईन आउन ४ बर्ष लाग्यो । २०७७ मा नयाँ डिजाईन आएपछि पुनः सम्झौता गरेर काम सुरु भएको हो । उक्त निर्माणको जिम्मा पुनः संकरमाली निर्माण सेवालाई प्रदान गरिएको थियो । २०७७ को आर्थिक बर्षको सुरुदेखि काम गर्ने भनि सम्झौता गरेर ६ महिनामा काम सक्ने गरि सम्झौता भएपनि त्यो अनुसार काम सुरु हुन सकेन । माघ १५ गतेदेखि मात्रै पुनः ६ महिना म्याद थप गरेर काम सुरु भयो । २०७७ माघ देखि चालु आर्थिक बर्ष भित्रै सक्ने गरि सम्झौता भएको थियो । यो अबधीमा पनि काम पूरा नभएमा पुनः ६ महिना थपिन सक्ने सूचना अधिकारी सुवेदीले बताए । “यो बीचमा लकडाउन भएकाले बीचमा काम पनि हुन पाएन”, उनले भने“त्यसैले पुनः ६ महिना थप्ने कुरा भइरहेको छ ।” पुल निर्माणकालागि अहिलेसम्म करिब ७०/८० लाख निकासा भइसकेको सूचना अधिकारी सुवेदीले बताए । समयमा पुल निर्माण नगरेको भन्दै निर्माण कम्पनीले ३५ लाख रुपैँया हर्जना समेत तिरिसकेको छ ।

प्रतिकृया

प्रतिकृया