तुलसीपुर
६-असार/ लुम्बिनी प्रदेश सरकारले राप्ती प्रादेशिक अस्पताललाई करोडौं बजेट छुट्याउँदा दाङको राप्ती स्वास्थ्य प्रतिष्ठानलाई भने उपेक्षा गरेको छ । प्रादेशिक अस्पताललाई पेडियाट्रिक भवनकालागि एक करोड ४० लाख, तला थपकालागि चार करोड, अस्पतालको डिपीआर र आईईईकालागि एक करोड ७५ लाख गरि ७ करोड १५ लाख बजेट विनियोजन गरेको छ । तर, मेडिकल कलेज सञ्चालनमा ल्याउने उद्देश्यसहित सञ्चालनमा ल्याईएको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई दुई लाख ९० हजार मात्रै बजेट आएको छ ।


                                                                         बिज्ञापन
   



प्रादेशिक अस्पताललाई आएको बजेट भन्दा प्रतिष्ठानलाई आएको बजेट निकै न्यून हो । राजनीति गर्ने थलो बनेको प्रतिष्ठानमा अहिले बजेट बिनियोजन गर्न समेत कञ्जुसाई गर्ने गरिएको छ । प्रदेश सरकारले तुलसीपुर स्थित मेट्रो अस्पताललाई १ करोड बजटे दिएको छ । त्यस्तै प्रादेशिक आयुर्वेद चिकित्सालयको क्षमता विस्तारकालागि १ करोड , फार्मेसीकालागि ६० लाख, पञ्चकर्म हलकालागि ३६ लाख बजेट आएको छ ।

प्रतिकृया

प्रतिकृया