काठमाडौं
६-असार/ नेपालमा स्थायी लेखा नम्बर (प्यान) लिनेको संख्या ४० लाख नाघेको छ । वैशाख महिनासम्म प्यान नम्बर लिनेको संख्या ४० लाख ४३ हजार सात सय पुगेको आन्तरिक राजश्व विभाग कार्यालयले जनाएको छ । यी मध्ये १५ लाख ९३ हजार व्यावसायिक प्यान, २४ लाख ४१ हजार व्यक्तिगत र नौ हजार एक सय प्यान कर कट्टी गर्ने निकायले लिएका छन् ।


                                                                         बिज्ञापन
   



चालु आर्थिक वर्षको १० महिनामा सात लाख ६ हजार नयाँ प्यान जारी भएका छन् । गएको वर्षको असारसम्म ३३ लाख ३७ हजार प्यान जारी भएकोमा अहिले ४० लाख नाघेको छ । यस्तै मूल्य अभिवृद्धि कर भ्याटमा दर्ता हुनेको संख्या पनि दुई लाख ८८ हजार पुगेको छ । यो आर्थिक वर्षको १० महिनामा भ्याटमा दर्ता हुनेको संख्या ३२ हजार रहेको छ ।

त्यस्तै अन्तःशुल्कतर्फ एक लाख ११ हजार दर्ता भएका छन् । साउनदेखि वैशाखसम्म थप १७ हजार एक सय जना अन्तःशुल्कमा दर्ता भएका छन् । सरकारले सबै कारोबारीलाई करको दायरामा ल्याउन भन्दै प्यान, भ्याट र अन्तःशुल्कमा दर्ता गराउने कामलाई तीव्रता दिएको छ ।

प्रतिकृया

प्रतिकृया