तुलसीपुर
६-असार/ दाङमा आज (आईतवार) देखि कोरोना भाईरस विरुद्धको दोस्रो डोजको खोप लगाइदै छ । सरकारले तोकेका लक्षित समुह अन्र्तगत ६५ वर्ष मुनिकालाई पहिलो डोज खोप लगाएको तर दोस्रो डोज लगाउन बाँकी रहेकालाई आजदेखि खोप लगाउन लागिए जिल्ला स्वास्थ्य कार्यालय दाङले जनाएको छ ।


                                                                         बिज्ञापन
   



जसमध्य दाङका दश वटै पालिकामा खोप अभियान संचालन भएको कार्यालयले बताएको छ । जिल्ला कोरोना भाइरस खोप समन्वय समितिको गत जेठ ३१ गते बसेको बैठकले २०७७ फागुन २३ गते भन्दा अगाडी र सो मिति भन्दा पछाडी कोभिसिल्ड खोपको पहिलो मात्रा लगाएकालाई दोस्रो मात्रा खोप दिने निर्णय गरेको थियो । कार्यालयका अनुसार राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा असार ६ र ७ गते बिहान साढे १० बजेदेखि ४ बजेसम्म, घोराही उपमहानगरपालिकामा ६ र ७ गते, लमही अस्पताल, लमही नगरपालिका, गढवा, राजपुर, राप्ती गाउँपालिकामा ६ र ७ गते, आधारभुत स्वास्थ्य इकाई सेवा शान्तिनगर, बबई र दंगीशरणमा असार ६ गते कोरोना विरुद्धको दोस्रो डोज खोप लगाइदै छ ।

सरकारले लक्षित वर्ग अन्र्तगत स्वास्थ्यकर्मी, स्वास्थ्य संस्थामा कार्यरत कर्मचारी, महिला स्वास्थ्य स्वंयमसेविका, सरसफाईकर्मी, शव व्यवस्थापनमा खटिने सुरक्षाकर्मी, पत्रकार, सुरक्षाकर्मी, जनप्रतिनिधि, कर्मचारी, करार कर्मचारी, बैंक तथा वित्तिय संस्थाका कर्मचारी, न्याय सेवाका कर्मचारी, न्यायधिसले कोभिसिल्ड खोप लगाउन पाउने भएका छन् ।

प्रतिकृया

प्रतिकृया