रोल्पा
९-असार/ रोल्पामा पहिरोले घर पुरिदा तीन जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । रोल्पा नगरपालिका–९ होमामा गएराति पहिरोले घर पुरिँदा तीन जनाको मृत्यु भएको र तीन जना घाइते भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रमुख प्रहरी नायव उपरिक्षक नरेशराज सुवेदी जानकारी दिए ।


                                                                         बिज्ञापन
   



अविरल वर्षाका कारण घरमाथिबाट झरेको पहिरोले घर पुरिँदा स्थानीय तिकासिंह बुढामगरका ८६ वर्षीय आमा क्रति बुढामगर, १८ वर्षीय बुहारी सुशीला बुढामगर र १५ वर्षिय छोरी श्यामकला बुढामगरको मृत्यु भएको प्रहरीले बताएको छ । प्रहरीका अनुसार ६ जना सुतेका मध्ये २ जनाको अवस्था सामान्य रहेको छ भने एक जनाको अवस्था गम्भीर रहेको छ । घटना स्थलमा प्रहरी पुगेर उद्दार गरेको छ ।

प्रतिकृया

प्रतिकृया