जयन्ती चौधरी, तुलसीपुर
२०-असार/ दाङको टरिगाउँ एर्पोटमा आज आइतबारदेखि हवाई उडान सुचारु भएको छ । काठमाडौं–दाङ, दाङ–काठमाडौं उडान भएको विमानस्थल प्रमुख कैलाश शर्माले जानकारी दिए । काठमाडौंदेखि दाङ आठ जना यात्रु आएको र दाङदेखि काठमाडौं १५ जना यात्रुले आज यात्रा गरेको प्रमुख शर्माले जानकारी दिए ।

त्यस्तै हवाई इन्धनको मूल्य वृद्धि भएपछि भाडादरमा पनि हेरफेर भएको उनको भनाइ छ । विमानस्थल प्रमुख शर्माका अनुसार काठमाडौंदेखि दाङको भाडा नौ हजार दुई सय छ भने दाङदेखि काठमाडौंको भाडा नौं हजार १० रुपैंया रहेको छ । साथै सरकारले असार १७ गते विहीबारदेखि आन्तरिक हवाई उडान सुरु गरिसकेको छ । तर, दाङको टरिगाउँ एयरपोर्टमा भने सोही दिन उडान सूचारु हुन सकेन् ।

दोस्रो चरणको कोरोना महामारीले मुलुकलाई आक्रान्त बनाएपछि भएको लकडाउनको समयमा आन्तरिक हवाई सेवा पनि सञ्चालन हुन सकेको थिएन । अब विस्तारै अबस्था सामान्य हुँदै गएपछि आन्तरिक उडान सुरु भएको छ । २० गते आईतबारदेखि टरिगाउँ एयरपोर्टमा जहाज बस्न सुरु गर्ने र पहिलो चरणमा ५ वटा मात्रै उडान हुने उनले बताए । अब सोमबार र बुधबार भने उडान हुने छैन । यस अघि हप्ताको सातै दिन उडान हुने गथ्र्यो । लकडाउनको समय कायमै रहेकाले यात्रुको संख्या कमी आउन सक्ने आँकलन गरिएको छ ।

प्रतिकृया

प्रतिकृया