तुलसीपुर
२०-असार/ तुलसीपुरमा लागु औषध ब्राउन सुगरसहित एक जना पक्राउ परेका छन् । प्रतिवन्धित नौं ग्राम लागु औषध ब्राउन सुगरसहित एक जनालाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायव उपरिक्षक श्यामु अर्यालले जानकारी दिए ।

शनिबार राती ८ बजेतिर जिल्ला प्रहरी कार्यालय र तुलसीपुर प्रहरीको संयुक्त टोलीले उक्त मात्राको ब्राउन सुगरसहित तुलसीपुर उपमहानगरपालिका ६ निवासी २७ वर्षिय रमेश पन्तलाई पक्राउ परेका छन् ।
उनलाई अमेलिया तुलसीपुर सडकखण्डमा पर्ने तुलसीपुर उपमहानगरपालिका १३ दमारगाउँस्थित प्रहरी चेकप्वान्टबाट नेपालगञ्जदेखि तुलसीपुर तर्फ आउदै गरेको लु १ ज २७७२ नम्बरको भांडाको मारुती सुजुकी कारबाट पक्राउ गरेको प्रहरीले बताएको छ । 

साथै कार चालक दंगीशरण गाउँपालिका २ निवासी २२ वर्षिय नारायण विकलाई पनि नियन्त्रणमा लिइएको डिएसपी अर्यालले जानकारी दिए । आइतबार म्याद थपका लागि दाङ जिल्ला अदालत घोराहीमा लगिएको उनले बताए । साथै उनीहरु दुवै जनालाई पक्राउ गरी लागु औषध मुद्दा दर्ता गरी थप अनुसन्धान गरिरहेको बताए ।

प्रतिकृया

प्रतिकृया