घोराही
३-साउन/ घोराही उपमहानगरपालिकाले साउन ४ र ५ गते ५५ बर्ष माथीका नागरिक र शिक्षक सहित अन्य लक्षित बर्गलाई कोरोना बिरुद्धको खोप लगाउने भएको छ । स्वास्थ्य कार्यालयले साउन ३ गते अर्थात आज देखी जिल्लाभर खोप लगाउने भने पनि उपमहानगरको स्वास्थ्य समितिको बैठकले एक दिन थप तयारी गर्नु परेका कारण भोली र पर्सि खोप लगाउने निणर्य गरेको हो ।


                                                                         बिज्ञापन
   



उपमहानगरका १९ वटै वडामा एक एक वटा खोप केन्द्र निर्धारण गरिएको जनस्वास्थ्य प्रर्बद्धन शाखाका प्रमुख नारायणप्रसाद घर्तीले जानकारी दिए । चिनबाट आएको भेरोसेल खोप ५५ बर्ष माथीका नागरिकहरु सँगै प्राध्यापक, शिक्षक, सार्वजनिक सवारी साधनका चालक सहचालक, यस अघि छुटेका ५५ बर्ष माथीका नागरिक, सरकारले तोकेको अत्यावश्यक सेवा सञ्चालनमा संलग्न व्यक्ति र खोप अनिवार्य गरेका देश जाने व्यक्तिलाई लगाईने उनको भनाई छ ।

जस अनुसार वडा नम्बर १ को वडा कार्यालय काँडाखुटी, २ को स्वास्थ्य प्रर्बद्धन केन्द्र रामपुर, ३ को स्वास्थ्य केन्द्र झिङनी, ४ को मावि गोग्ली, ५ का निमावि दलजितपुर, ६ को स्वास्थ्य केन्द्र फचकपुर, ७ को मावि सौडियार, ८ को स्वास्थ्य केन्द्र मर्पाडाँडा र ९ को स्वास्थ्य चौकी ढिकपुरमा खोप केन्द्र तोकिएको छ ।

त्यसैगरी, वडा नम्बर १० को स्वास्थ्य प्रर्बद्धन केन्द्र नारायणपुर, ११ को स्वास्थ्य केन्द्र शिबपुर, १२ को स्वास्थ्य चौकी हापुर, १३ को स्वास्थ्य केन्द्र भ्यूडर, १४ को शहरी स्वास्थ्य केन्द्र नयाँ बजार, १५ को पद्मोदय मावि भरतपुर, १६ को वडा कार्यालय भवन, १७ को स्वास्थ्य केन्द्र हरिद्धार, १८ को मावि रझेना र १९ को स्वास्थ्य चौकी सैघामा खोप केन्द्र तोकिएको छ ।

स्वास्थ्य शाखाले सर्वसाधारण नागरिकलाई नागरिकता र अन्य लक्षित क्षेत्रका व्यक्तिहरुलाई नागरिकता सहित परिचय पत्र अनिवार्य लिन आग्रह गरेको छ ।

प्रतिकृया

प्रतिकृया