दाङ,
४-साउन/ दाङको लमही अस्पतालमा आइतवार देखि डिजिटल एक्सरे (डिआर) संचालनमा आएको छ । यो डिजिटल एक्सरे (डिआर) प्रविधि देउखुरी क्षेत्रमै पहिलो हो । यस अघि अस्पतालमा डिजिटल एक्सरे नहुँदा बिरामीले निजि मेडिकलमा गएर महँगो शुल्क तिरेर सेवा लिन बाध्य थिए । देउखुरी क्षेत्रमै एक भरपर्दो अस्पताल नहुँदा यहाँका बिरामीले सास्ती भोग्नु परेको छ । डिजिटल एक्सरे संचालनमा आएपछि अन्यत्र जानु पर्ने बाध्यता टरेको छ ।


                                                                         बिज्ञापन
   



डिजिटल एक्सरे मेसिनको लमही नगरपालिकाका प्रमुख कुल बहादुर केसी र उपप्रमुख देवका बेलबासेले संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।
पछिल्लो समय लमही अस्पतालको सेवाले बिस्तारै गति लिन थालेको छ । जनप्रतिनिधि आउनुपुर्व अस्तव्यस्त अवस्थामा रहेको अस्पताल अहिले फेरी व्यवस्थित हुन् थालेको हो ।

‘अस्तव्यस्त अवस्थामा रहेको अस्पताललाई व्यवस्थित गर्न समय लाग्छ, अनेकन उल्झन न आएका होइनन तरपनि हामीले हिम्मत गरेर बिस्तारै अस्पतालका समस्यालाई समाधान गर्दै लागेका छौंू नगर प्रमुख कुल बहादुर केसीले भने’ ।

आवश्यक सामाग्रीको बन्दोबस्त गरेपछि फुल्ली अटोमेटिक बायकेमेस्ट्री एनालाइजर द्वारा सुगर, क्याल्सियम, एल्बोमिन , युरिक एसिड, युरिया लगायत चेकजाँच सेवा शुरु हुने भएको छ भने इलेक्ट्रोलाईट एनालाइजर द्वारा सोडियम, पोटासियम र क्लोराइड जस्ता चेकजाँच शुरु हुने अस्पतालका प्रमुख डाक्टर रन्जिता महतोको भनाई छ। फुल्ली अटोमेटिक बायकेमेस्ट्री एनालाइजर द्वारा आधा घण्टामा कम्तिमा पनि ४० देखि ४५ जना सम्मका बिरामीको चेकजाँच गर्न सकिने महतोले बताईन ।

अहिले अस्पतालमा स्वास्थ्य विमा कार्यक्रम, पोष्ट मार्टम, घाउ जाँच, जवर्जस्ती करणी, मादक पदार्थ सेवन चेकजाँच, शारीरिक परिक्षण लगायतका सेवा प्रवाह भैरहेका छन । कर्मचारी अभावमा बेसहारा लमही अस्पतालमा करारमा कर्मचारी राखेर सेवा दिने काम भएको अस्पतालका प्रमुख डाक्टर रन्जिता महतोले जानकारी दिईन ।

त्यसै गरि करारमा काम गरिरहेका कर्मचारीको तलब बृद्दी भएको छ भने अस्पताल प्रशासनले अख्तियारी पाएको छ । लामो समय सम्म चासोको रुपमा हेरिएको सर्प दंश उपचार सेवा समेत शुरु भएको छ भने अस्पतालको भौतिक संरचनाको रंग रोगन गरेर चिटिक्क पार्ने काम भएको छ ।

लमही अस्पताललाई सुधार गर्नु पर्ने थुप्रै कमीकमजोरी छन ति कमजोरीलाई क्रमश समाधान गर्दै लैजाने छौं लमही नगरपालिकाका उपप्रमुख देवका बेलबासेले भनिन । ‘उपप्रमुख बेलबासेले भनिन ( हामीले अस्पताललाई सुधार गरेर राम्रो सेवा दिनु पर्छ भनेर व्यवस्थापनको पाटोलाई बलियो बनाउंदै लगेका छौं’ ।

रिपोर्ट स्पष्ट आउछ, छिटो छरितो हुन्छ, समयको बचत हुन्छ, सादा एक्सरे भन्दा भरपर्दो हुन्छ, बिरामीको उपचार पद्दतिमा मद्दत पुग्छ जस्ता धेरै फाइदा छन ।

प्रतिकृया

प्रतिकृया