तुलसीपुर
४-साउन/ दाङ प्रहरीले प्रतिबन्धित वन्यजन्तु रेडपाण्डाको छाला ओसारपसार तथा विक्रिवितरण गर्ने एक जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरिक्षक मुकुन्द प्रसाद रिजालका अनुसार सोमबार दिउँसो १२ बजेको समयमा घोराही उपमहानगरपालिका ११ खैरामा प्रतिबन्धित रेडपाण्डाको छाला बिक्री वितरण भैरहेको गोप्य सूचनाका आधारमा जिल्लाबाट खटिएको प्रहरी टोलीले सल्यान छत्रेश्वरी गाउँपालिका १ दमाचौर निवासी ३२ वर्षिय लोकमान सुनारलाई पक्राउ गरेको छ ।

पुच्छरदेखि टाउको सम्मको ३ फिट ३ ईन्च लम्बाई र छातीको भागको चौडाई ८ ईन्च भएको नङ्ग्रा सहितको रेडपाण्डा जस्तो देखिने सुकेको छाला एक थान, रा ४ प ९८५० नम्बरको मोटरसाइकल एक थान र दुई वटा मोबाइल बरामद गरेको रिजालले बताए । साथै उनलाई पक्राउ गरि थप अनुसन्धान भैरहेको उनले बताए ।

प्रतिकृया

प्रतिकृया