रोल्पा,
५-साउन/घरेलु मदिरा सेवन गरेका रोल्पाका चार जनाको मृत्यु भएको छ । बागलुङको गलकोट नगरपालिकामा मजदुरी गर्दै आएका ६ जनाले घरेलु मदिरा सेवन गरेकोमा चार जनाको उपचारका लागि अस्पताल ल्याउँदै गर्दा गएराति बाटोमै मृत्यु भएको हो ।


                                                                         बिज्ञापन
   



रोल्पा सुनिल स्मृति गाउँपालिका–५ का २१ वर्षीय दिपेन्द्र पुन, सोही स्थानका ३९ वर्षीय दुधबहादुर राना, ५१ वर्षीय रेखबहादुर राना र ३० वर्षीय प्रविन घर्तीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरीक्षक इकवाल हवारीले जानकारी दिए ।

उनका अनुसार मजदुरी गर्दै आएका १४ जनामध्ये ६ जनाले गलकोट नगरपालिका–७ मल्मको किराना पसलमा ८ बोतल लोकल रक्सी, चाउचाउ, दालमोठ, बिस्कुट खाएर कोठामा गएपछि बिरामी परेका हुन् ।

अन्य दुई जनाको धौलागिरी अस्पतालमा उपचार भइरहेको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा.शैलेन्द्र पोखरेलले बतोए । रोल्पा सुनिलस्मृति गाउँपालिका– ५ गजुलका ३८ वर्षीय खेमराज घर्ती र २६ वर्षीय रविन पुनको उपचार भइरहेको छ । लोकल रक्सी खाएको भन्ने बुझिएको र दुई जनाको किड्नीमा असर गरेको डा.पोखरेलले बताए ।

प्रतिकृया

प्रतिकृया