दाङ
५-साउन/ दाङमा बँदेलको मासु सहित पाँच जना व्यक्ति पक्राउ परेका छन् । जंगली बदेल काटेको आरोपमा उनीहरु पक्राउ परेका हुन् । बँदेलको मासु काटेर भाग लगाउदै गरेको अवस्थामा घटनास्थलबाटै डिभिजन वन कार्यालय र प्रहरीको सम्युक्त टोलीले पाँच जनालाई २१ किलो भन्दा बढी मासु सहित पक्राउ डिभिजन वन कार्यालय दाङले जनाएको छ ।


                                                                         बिज्ञापन
   



घोराही उपमहानगरपालिका वडा नम्बर ४ भकारेमा जंगली बदेलको मासु काट्दै गरेको अवस्थामा २१ किलोभन्दा बढी मासु सहित ५ जना व्यक्तिलाई पक्राउ परेको कार्यालयले जनाएको छ । पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका वडा नम्बर ४ भकारेका बोधिप्रसाद खत्री, श्रीराम थापा, रुद्रबहादुर रोका बिरबहादुर रोका र कौशिला गुरुङ रहेको सव डिभिवन वन कार्यालय सुनपुरका प्रमुख सहायक वन अधिकृत बिष्णुप्रसाद लामिछानेले जानकारी दिए ।

घटनाबारे सूचना पाएपछि सहायक वन अधिकृत बिष्णुप्रसाद लामिछाने र सिद्धान्त बराल र प्रहरी चौकी गोग्लीबाट गएको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

प्रतिकृया

प्रतिकृया