घोराही
५-साउन/ दाङमा आज थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा ४० जनामा गरिएको पिसीआर परिक्षणमा तुलसीपुरका २, राप्तीका २ र बबईमा एक जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।


                                                                         बिज्ञापन
   



आज थपिएका सहित दाङमा अहिले सकृय बिरामीको संख्या ९५ जना रहेको छ । ति मध्य ७४ जना घरमा, १३ जना अक्सिजन सहितको उपचारमा र ८ जना आईसीयूमा रहेको जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्र दाङले जानकारी दिएको छ ।

यसैगरी, आज थप ११ जना कोरोना मुक्त भएका छन् । तुलसीपुरका ५, घोराही र राप्तीका ३र३ जना रहेका छन् । बैशाख यता दाङमा ८ हजार २ सय ७९ जनामा कोरोना पुष्टि भएको र ति मध्य ७ हजार ९ सय ७८ जना निको भएका छन् ।

प्रतिकृया

प्रतिकृया